अमेरिकामा आएको विनाशकारी आँधी र घुम्रपात(टोर्नाडो)को कारण कम्तीमा चार जनाको मृत्यु भएको छ।
गत बुधबार राति मिजोरीमा आएको घुम्रपातको कारण एक जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
स्थानीय आपतकालीन व्यवस्थापन निर्देशक स्याम हर्नडोनका अनुसार यो मृत्यु दक्षिणपूर्वी मिजोराको केप गिरारडो काउन्टीमा भएको हो। मिजोरी राज्य राजमार्ग गस्ती टोलीले घटनाको अनुसन्धान गरिरहेको छ तर थप विवरण दिइएको छैन।
टेनेसी राज्यमा तीन जनाको मृत्यु भएको छ। ओबियन, फयेट र म्याकनेरी काउन्टीमा यी मृत्युसँग सम्बन्धित घटनाहरू राज्य र स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्।
बुधबार बिहानदेखि अमेरिकाको मध्य भागमा व्यापक घुम्रपातको प्रकोपपछि राष्ट्रिय मौसम सेवाले १५ वटा राज्यमा झन्डै ३०० वटा घुम्रपातको चेतावनी जारी गरेको छ।
यसैबीच, टेनेसी र उत्तर मिसिसिपीमा बिहानदेखि तीव्र बाढीको खतरा बढेको छ। ३.६ मिलियन( लाख) भन्दा बढी मानिसहरू अहिले बाढी र आधीको चेतावनीको दायरामा रहेका छन् ।
प्रतिक्रिया