अमेरिकाको भर्मन्ट राज्यका सिनेटर बर्नी स्यान्डर्सले आइतवार प्रसारित एबिसीको कार्यक्रम “दिस विक” को पूर्व-रेकर्ड (अभिलेखन)अन्तर्वार्ताका क्रममा जोनाथन कार्लले प्रतिनिधि सभा सदस्य अलेक्जान्ड्रिया ओकासियो–कोर्टेज (एओसी) बारे प्रश्न सोध्दा आक्रोशित हुँदै अन्तर्वार्ता छोडे।
स्यान्डर्सले ओकासियो–कोर्टेजलाई “असाधारण” भने पनि उनले एओसीलाई सिनेटमा देख्न चाहन्छन् वा चाहँदैनन् भन्ने प्रश्नको उत्तर दिन अस्वीकार गरे। सिनेट अल्पसंख्यक नेता चक सुमरले आंशिक संघिय सरकार बन्द टार्नको लागि खर्च विधेयकमा समर्थन गरेपछि एओसीले उनलाई प्राथमिक चुनावमा चुनौती दिन सक्ने अनुमानले गति लिएको थियो।
स्यान्डर्सले भने, “हामीसँग अहिले कंग्रेसमा धेरै कुरा छन्। ठीक छ, जोनाथन। धन्यवाद,” भन्दै आफ्नो कुर्सीबाट उठे।
**‘नन्सेन्स प्रश्न नगर,’ अर्थात् बकवास प्रश्न नगर भन्ने स्यान्डर्सको जवाफ थियो । “तिमीलाई नन्सेन्स अर्थात् बकवास गर्न मन छ भने गर। म इनसाइड द बेल्टवे स्टफ (राजनीतिक गफगाफ) मा बोल्न चाहन्नँ। मलाई डेनभरमा शुक्रबारको कार्यक्रममा उपस्थित ३२,००० मानिसहरूका बारेमा कुरा गर्नुछ।”
तर, कार्लले उनलाई पुनः फर्काएर अन्तर्वार्तामा बस्न राजी गराए। स्यान्डर्सले भने, “ल, ठीक छ। तर म यसबारे कुरा गर्न चाहन्नँ। अन्तिम प्रश्न के थियो?”
त्यसपछि कार्लले स्यान्डर्सलाई भविष्यको राजनीतिक योजनाबारे सोधे।
स्यान्डर्सले भने, “अहिले म भर्मन्टका मानिसहरूले मलाई ६३% मत दिएर सिनेटमा पठाएकोमा गर्व गर्छु। अहिले म भर्मन्टको सिनेटर हुँ। यही गर्छु र म खुसी छु। म ८३ वर्षको भएँ, अनि थाकेको छु।”
प्रतिक्रिया