गत हप्ता सीमित युद्धविरामको सहमति भएता पनि सीमापार भीषण आक्रमणले युक्रेन र रूसमा थुप्रै नागरिकको ज्यान गएको एबिसीन्यूजले जनाएको छ ।
आइतबार राति युक्रेनको राजधानी कीभमा भएको मानव रहित यान (ड्रोन) हमलामा एक पाँच वर्षीय बालिका र उनको बाबुसहित तीनजनाको मृत्यु भएको छ भने कम्तीमा १० जना घाइते भएका छन्।
युक्रेनी हवाई सेना अनुसार १४७ मानव रहित यान (ड्रोन )प्रहार भए, जसमध्ये ९७ मानव रहित यान खसालिए र २५ वटा आफैं हराए। राजधानी कीभसहित खार्किभ, सुमी, चर्निहिभ, ओडेसा र डोनेस्कमा मानव रहित यान (ड्रोन )आक्रमणले प्रभाव पारेको बताइएको छ।
कीभका नगर प्रमुख (मेयर) भिटाली क्लिच्कोले बासिन्दाहरूलाई सुरक्षा अपनाउन आग्रह गरे। “आतङ्ककारी राज्यले फेरि आफ्नो वास्तविकता देखाएको छ,” कीभ सैन्य प्रशासनले टेलिग्राममा लेखेको छ /]
त्यस्तै यता ,रूसको रक्षा मन्त्रालयले ५९ वटा युक्रेनी मानव रहित यन (ड्रोन) खसालिएको दाबी गरेको छ । रोस्तोभ क्षेत्रमा एक गाडीमा आगो लाग्दा एकजनाको मृत्यु भएको छ । अर्को आक्रमणमा आस्त्राखान क्षेत्रको एक आवासीय भवनमा मानव रहित यानको भग्नावशेषले क्षति पुर्याएको छ ।
यसबीच, अमेरिकाको मध्यस्थतामा सीमित युद्धविरामबारे भएको सहमतिमा युक्रेन र रूसबीच मतभेद देखिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तापछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ऊर्जा र पूर्वाधारमा आक्रमण रोक्न सहमति जनाएका थिए।
युक्रेनी र अमेरिकी वार्ताकारहरू सोमबार साउदी अरेबियामा भेट्ने कार्यक्रम छ । उनीहरुशान्ति सम्झौताका विषयमा थप छलफल हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया