सुनकोसीले विश्व कविता दिवस मनायो

इनेप्लिज २०८१ चैत ७ गते २३:४३ मा प्रकाशित

काठमाडौं । सुनकोसी वाङ्मय प्रतिष्ठानले कविता वाचन कार्यक्रम गरेर विश्व कविता दिवस मनायो । कवि विमल भौकाजीको प्रमुख आतिथ्यतामा शुक्रबार राजधानीमा कविता वाचन गरेर विश्व कविता दिवस मनायो ।

उक्त कविता वाचन कार्यक्रममा कवि विमल भौकाजी,छविरमण सिलवाल,हरिष कल्पित, सुमन सौरभ,प्रदीप सापकोटा,तारा के.सी,प्रेम थापा,गंगा खतिवडा,शशीश्री आचार्य लगायतले आ-आफ्ना रचनाहरु सुनाए ।

वाचित रचनाहरु समसामयिक विकृति र विसंगति विरुद्ध व्यँगचेत सहित प्रेम,सदभाव,भावनात्मक विषयहरु प्रति लक्षित थिए ।

कार्यक्रमका प्रमुख अतिथि कवि विमल भौकाजीले लेखेर लेखिने चीज सबै कविता नभएको भन्दै मनका कुरा प्रष्फुटन गर्ने उपयुक्त माध्यम कविता भएको बताए ।
प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले कार्यक्रमको अध्यक्षता गर्दैप्रतिष्ठान र यसका गतिविधिहरु बारे जानकारी दिंदै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे ।

महासचिव प्रदीप सापकोटाले सञ्चालन गरेको उक्त कविता वाचन कार्यक्रममा इखवर नेटका प्रबन्ध निर्देशक बसन्तराज नकर्मीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रमको मिडिया सहयोगी इखवर नेट रहेको थियो ।

प्रतिक्रिया