रूसी अधिकारीहरूले सारातोव ओब्लास्टमा एंगेल्स वायुसेना अड्डामा यूक्रेनी मानव रहित यान (ड्रोन )आक्रमण भएको बताएका छन् । एबिसीन्यूजका अनुसार रूसको रक्षा मन्त्रालयले उक्त क्षेत्रमाथि ५४ वटा मानवरहित यान (ड्रोन भित्रिएको दाबी गरेको छ।
“सारातोव र एंगेल्समा आजसम्मको सबैभन्दा ठूलो मानव रहित यान (ड्रोन)यूएभी आक्रमणको भएको सारातोव क्षेत्रका गभर्नर रोमन बुसेर्गिनले टेलिग्राममा लेखेका छन्।
उनले वायुक्षेत्रमा आगो लागेर ३० भन्दा बढी घरहरूको क्षति भएको र नजिकको अस्पताल, दुईवटा शिशु बिद्यालय र एक बिद्यालयका झ्यालहरू फुटेका पनि विवरण दिएका छन् । उक्त अस्पतालमा एक महिला घाइते भएको जनाइएको छ।
एंगेल्स युक्रेनी सीमा भन्दा ४६५ माइल टाढा छ । जुन रूसी रणनीतिक बमवर्षकहरूको मुख्य अड्डा हो । जहाँबाट रूसी वायुसेनाले लामो-दूरीका क्षेप्यास्त्र आक्रमणहरू सुरु गरेका छन्। यस अड्डामा युक्रेनले केही पटक आक्रमण गरेको छ, सबैभन्दा पछिल्लो आक्रमण जनवरी महिनामा भएको थियो।
यूक्रेनी अधिकारीहरूका अनुसार रूसी सेनाले केन्द्रिय शहर क्रोपिभनित्स्कीमा ठूलो बमबारी गरेको जसमा ३० भन्दा बढी विस्फोटहरू भएको जनाएको छ । यसका साथै पूर्वी शहर कुप्यान्स्कमा पनि ठूलो आक्रमण गरिएको छ । जसमा कम्तीमा एकजनाको मृत्यु भएको र अर्काे एक अजना घाइते भएको बताइएको छ।
अमेरिकी अधिकारीहरूका अनुसार रूस र युक्रेनी नेताहरूले हालै ३० दिनको आक्रमण रोक्ने सहमति गरेका थिए। तथापि, दुवै पक्षको लामो-दूरीका आक्रमणहरू जारी छन्।
प्रतिक्रिया