इजरायलको आक्रमणबाट गाजामा मृत्यु हुनेहरूको संख्या ४०४ पुगेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। साथै, कैयौं मानिसहरू भग्नावशेषमुनि पुरिएको आशंका गरिएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा ५६२ जना घाइते भएका छन्।
गाजाको नागरिक सुरक्षा प्रवक्ता महमुद बसालले सिएनएनलाई बताएका अनुसार १३० भन्दा बढी बालबालिका र धेरै महिलाहरू मारिएका छन् । जसमा कैयौं परिवार नै समाप्त भएका छन्।
“हामी एक अत्यन्तै कठिन परिस्थितिको सामना गरिरहेका छौं, र हाम्रो चिकित्सा तथा नागरिक सुरक्षा प्रयासहरू यो विनाशकारी स्थितिको आवश्यक मापदण्ड पूरा गर्न पर्याप्त छैनन्,” बसालले भने।
प्रतिक्रिया