इजरायल हमास युद्धबिराम भँग : इजरायली आक्रमणबाट गाजामा मृत्यु संख्या ३०० नाघ्यो , ४४० भन्दा बढी मानिस घाइते

इनेप्लिज २०८१ चैत ४ गते १०:०५ मा प्रकाशित

इजरायल हमास युद्धबिराम भँग भएको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणबाट गाजामा मृत्यु संख्या ३०० नाघेको छ ।

इजरायली हवाई आक्रमणबाट गाजामा मृत्यु हुनेको संख्या ३२६ पुगेको छ भनी प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

“धेरै पीडितहरू भग्नावशेषमुनि छन्, र तिनीहरूलाई उद्धार गर्ने प्रयास जारी छ,” मन्त्रालयले बिज्ञप्तिमा जनाएको छ।

यस आक्रमणमा ४४० भन्दा बढी मानिस घाइते भएका छन्, जसमध्ये धेरैको अवस्था गम्भीर रहेको छ। उद्धारकर्मीहरू भग्नावशेषमुनि फसेका मानिसहरूको खोजी गरिरहेका सिएनएनले जनाएको छ ।

चीनले गाजामा पुनः तीव्र बनेको इजरायली हवाई आक्रमणप्रति “गहिरो चिन्ता” व्यक्त गरेको छ। बेइजिङले इस्राएल र हमासबीच युद्धविराम पुनःस्थापित गर्न आह्वान गरेको छ।

इजरायली सेनाले गाजामा “बृहत् आक्रमण” घोषणा गर्दै विभिन्न क्षेत्रका नागरिकहरूलाई स्थानान्तरण गर्न आदेश दिएको छ।

यसैबीच, गाजामा आफन्तहरू अझै बन्धक रहेका इजरायली परिवारहरूले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग भेटघाटको माग गरेका छन्। इजरायली हवाई आक्रमणले हमाससँगको युद्धविराम तोडेको छ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सी का प्रमुख फिलिपे लजारिनीले युद्ध पुनः सुरु हुनुले “अझै ठूलो पीडा र दुःख मात्र ल्याउने” बताएका छन्।

हामास प्रवक्ता अब्दुल लतिफ अल-कानुले “युद्ध अघि इजरायल र अमेरिकाबीचको समन्वय वाशिंगटनको संलग्नता पुष्टि गर्ने” दाबी गरेका छन्।

यसैबीच, ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लिभिटले इजरायलले गाजामा आक्रमण अघि अमेरिकी प्रशासनलाई जानकारी गराएको बताएकी छिन्।

प्रतिक्रिया