अमेरिकाको मेरिल्याण्ड राज्यमा बसोबास गर्दै आएका राजीव श्रेष्ठले फागुपूर्णिमा अर्थात् होलीको अवसरमा तस्बिरहरु कैद गरेका छन् ।
यस बर्ष पनि उनले त्यो क्रमलाई निरन्तरता दिएका छन् । श्रेष्ठको अमेरिकाको मेरिल्याण्ड आफ्नै फोटो बैंक स्टुडियो संचालनमा छ । उनले यस पटक होलीको तस्बिर अमेरिकाको मेरिल्याण्ड मै कैद गरेका हुन् । यस पटक उनले मेरिल्याण्डकै कलाकार तथा नमुना(मोडेल) रिमा केसीको तस्बिर कैद गरेका छन् ।
ललितपुरको कुपण्डोल तथा काठमाडौंको बागबजारमा रहेका राजीव श्रेष्ठका भव्य स्टुडियो ‘फोटो बैंक’ मा चलचित्र क्षेत्रमा जीवनयात्रा (करियर )बनाउन इच्छुक युवा–युवतीहरु तस्बिर सत्रका लागि समय मिलाउन भेला भैरहन्थे ।
अत्यन्त सुन्दर तथा बान्की मिलेका तस्विरहरु खिच्न सिपालु राजीव श्रेष्ठसंग तस्बिर सत्र गरेपछि २०५२ सालदेखि प्रकाशनमा आएको कान्तिपुर प्रकाशनको मनोरञ्जनात्मक पत्रिका ‘साप्ताहिक’ को मध्यपृष्ठमा प्रकाशित हुने लोभमा कतिपय युवतीहरुले यीनै चित्रकारसंग तस्बिर खिच्न चाहन्थे ।
‘साप्ताहिक’ का लागि राजीव श्रेष्ठले सयौं युवतीका सुन्दर तस्विरहरु खिचे । नेपालमा कलाकार मोहकता छायाचित्रकार (सेलिब्रेटी ग्ल्यामर फोटोग्राफर)को छवि बनाएका राजीव श्रेष्ठले खिचेका सयौं तस्विरहरु विभिन्न पत्रिकाका आवरण तस्विरको रुपमा समेत प्रकाशित भएका छन् ।
कान्तिपुरको मासिक पत्रिका नारी, कामना मासिक, ढुकढुकी, गिताञ्जली आदि पत्रिकाका आवरणमा राजिव ले नै खिचेका विभिन्न अभिनेता अभिनेत्रीका तस्विरहरु प्रकाशित हुन्थे ।
अहिले राजीव श्रेष्ठ अमेरिकाको मेरिल्याण्डमा बसोबास गर्छन् । उनी अमेरिकामै रहेर पनि आफ्नो पेशामा आवद्ध छन् । ३५ वर्षभन्दा लामो समयदेखि श्रेष्ठ आफ्नो कामप्रतिको ईमान्दारिता तथा लगनाशिलताका कारण पनि अमेरिकामा समेत सफल छायाचित्रकारको रुपमा स्थापित भएका छन् ।
राजिब श्रेष्ठ अमेरिकामा रहेता पनि बिभिन्न चाडपर्व ,उत्सव लगायत बिभिन्न समारोहमा पुगी तस्बिरहरु कैद गर्ने गर्छन । हाल उनि ईनेप्लिजसंग पनि जोडिएका छन् । पटक पटक उनको प्रतिभाको ईनेप्लिजले सम्मान तथा कदर गर्दै प्रकाशन गर्दै आएको छ ।
प्रतिक्रिया