संघीय जिल्ला न्यायाधीश तान्या चुटकानले बुधबार इलन मस्कको सरकारी दक्षता विभागलाई महत्त्वपूर्ण कागजातहरू सुम्पन आदेश दिएकी छन्।
न्यायाधीश तान्या चुटकानले पहिले राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी हस्तक्षेप मुद्दामा पनि निर्णय गरेकी थिइन् । उनले सरकारलाई सरकारी दक्षता बिभाग र इलन मस्कको संघीय निकायहरूको आकार घटाउने, संघीय ठेक्का रोक्ने, संवेदनशील तथ्याँकहरूमा पहुँच प्राप्त गर्ने र संघीय कर्मचारीहरूलाई समाप्त गर्ने प्रयाससँग सम्बन्धित सामग्रीहरू सुम्पन आदेश दिएकी छिन् ।
“अदालतले द्रुत अनुसन्धानको अनुमति दिनु सबै पक्षहरूको हितमा छ भन्ने निष्कर्षमा पुगेको छ,” चुटकानले लेखेकी छन् ।
यो आदेश १४ जना डेमोक्रेटिक अभियोजन अधिवक्ताहरूको समूहले मस्कको सरकारी दक्षता बिभागको प्रमुखको रूपमा भूमिकाको चुनौती दिँदै दायर गरेको मुद्दापछि आएको हो। उनीहरूले मस्कको “व्यापक अधिकार” संविधानको उल्लंघन भएको आरोप लगाएका छन्।
चुटकानले गत महिना तात्कालिक आदेशको लागि गरिएको उनीहरूको अनुरोध अस्वीकार गरेकी थिइन् । तत्कालिन समयमा आरोपकर्ताहरूले क्षतिको प्रमाण प्रस्तुत गर्न सकेका थिएनन् ।
प्रतिक्रिया