अमेरिकी आप्रवासन तथा सीमा सुरक्षा (आइसिइ)ले हालैको महिनाहरूमा अप्रवासन कारबाही तीव्र बनाएको छ ।
जनवरी २० देखि मार्च १०, २०२५ सम्म आइसिइले करिब ३२,८०० आप्रवासीहरूलाई पक्राउ गरिसकेको छ ।
जसमा २७% व्यक्तिहरू कुनै आपराधिक आरोपबिना नै पक्राउ परेका छन्। यसैबीच अमेरिका भरिका थुनुवा केन्द्रहरूमा क्षमता भन्दा नाघेका छन्।
हाल ४७,६०० भन्दा बढी आप्रवासीहरू हिरासतमा छन्। ट्रम्प प्रशासनले अप्रवासन नियन्त्रणलाई प्राथमिकता दिँदै टेक्सस र न्यु जर्सीका थुनुवा केन्द्रहरू पुन: सञ्चालनमा ल्याएको छ।
देश निकाला प्रक्रिया छिटो बनाउन सैन्य बिमानहरु प्रयोग गरिएको छ।
आइसिइका अधिकारीहरूले दैनिक १,८०० गिरफ्तारी गर्ने लक्ष्य दिइएको एविसिन्यूजले जनाएको छ ।
मानव अधिकारवादी समूहहरूले थुनुवा केन्द्रहरूमा भीडभाडका कारण अस्वस्थकर अवस्था सिर्जना भएको भन्दै आलोचना गरेका छन्।
केही समूहहरूले ट्रम्प प्रशासनको कडा नीति आप्रवासी समुदायहरूलाई डराउने रणनीति भएको बताएका छन्।
यसबीच, देशभर विरोध प्रदर्शनहरू तीव्र बन्दै गएका छन्।
प्रतिक्रिया