युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार युक्रेनले अमेरिकी प्रस्ताव अनुसार ३० दिनको युद्धविराम स्वीकार गरेको घोषणा गरे। यो युद्धविरामले सम्पूर्ण अग्रपंक्ति , हवाई आक्रमण तथा समुद्री क्षेत्रलाई समेट्नेछ। उक्त निर्णय साउदी अरेबियाको जेद्दामा अमेरिकी तथा युक्रेनी अधिकारीहरूबीच भएका वार्तापछि आएको हो।
युद्धविरामको प्रस्ताव लागू हुन रूसको सहमति आवश्यक रहेको जेलेन्स्कीले बताए। अमेरिकी अधिकारीहरूले “अब निर्णय रूसको हातमा छ” भनेका छन्। युक्रेनले युद्धविरामलाई स्थायी शान्ति स्थापनाको पहिलो कदमका रूपमा लिएको छ।
तर, युक्रेनको स्वीकारोक्तिपछि पनि रुसले किभ र खार्किभलगायतका सहरहरूमा हवाई आक्रमण जारी राखेको छ। यसले युद्धविराम कार्यान्वयनको चुनौती देखाएको छ।
युद्धविराम प्रस्तावलाई बेलायत, फ्रान्स, पोल्याण्ड लगायतका अन्तर्राष्ट्रिय नेताहरूले स्वागत गरेका छन्। यूरोपेली सैन्य अधिकारीहरू युक्रेनलाई सुरक्षा प्रत्याभूति प्रदान गर्न अन्तर्राष्ट्रिय सुरक्षा बल गठन गर्नेबारे छलफल गरिरहेका छन्।
युद्धविराम सफल हुन्छ वा हुँदैन भन्ने रूसको जवाफमा निर्भर रहनेछ।
प्रतिक्रिया