युएसएआडीका ६२ सय कार्यक्रम मध्ये ५२ सय कार्यक्रम बन्द, ८३ % कार्यक्रम रद्ध

इनेप्लिज २०८१ फागुन २६ गते १८:४२ मा प्रकाशित

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सोमबार सामाजिक सञ्जालमा घोषणा गर्दै युएसएआडी(संयुक्त राज्य अन्तर्राष्ट्रिय विकास एजेन्सी) का ६,२०० कार्यक्रममध्ये ५,२०० कार्यक्रम बन्द गरिएको जानकारी दिएका छन्।करिव ८३ प्रतिशत कार्यक्रमहरु रद्ध गरिएका छन्। ६ दशक लामो कार्यक्रम नेतृत्व परिवर्तन हुनासाथ समाप्त गरिएको छ।

उनले उल्लेख गरे अनुसार लामो समीक्षा प्रक्रिया पछि यी कार्यक्रमहरू औपचारिक रूपमा अन्त्य गरिएको छ।

युएसएआडी विभिन्न विकास र मानवीय सहायता परियोजनाहरू सञ्चालन गर्ने अमेरिकी संघीय निकाय हो, जसले विश्वभर गरिबी न्यूनीकरण, लोकतन्त्र प्रवर्द्धन, स्वास्थ्य सेवा सुधार, आपतकालिन राहत र शिक्षा जस्ता क्षेत्रहरूमा काम गर्दै आएको छ।

रुबियोले बन्द गरिएका कार्यक्रमहरूको विस्तृत सूची वा तिनीहरूको कारणबारे थप विवरण नदिएको एविसिन्यूजले जनाएको छ।

तर, उनले अमेरिकी करदाताको पैसाको सही प्रयोग सुनिश्चित गर्न तथा अनावश्यक कार्यक्रमहरू हटाउन यो समीक्षा गरिएको बताएका छन्।

यो निर्णयको समर्थकहरूले अनावश्यक खर्च कटौती गरिएको दाबी गरेका छन् भने आलोचकहरूले यसले विकास सहायता, मानवीय सहयोग, र अन्तर्राष्ट्रिय स्थिरता कमजोर पार्न सक्ने बताएका छन्। 

यस कदमले अमेरिकी विदेश नीतिमा ठूलो प्रभाव पार्न सक्ने आँकलन गरिएको छ।

प्रतिक्रिया