न्यूयोर्कमा बेपत्ता भएकी एक महिला संदूक (सुटकेस)भित्र मृत फेला पारिएको न्यूयोर्क प्रहरी बिभागले जनाएको छ । पूर्व प्रेमी प्रहरी हिरासतमा रहेको एबिसीन्यूजले जनाएको छ ।
२६ वर्षीया पामेला अल्कानटेरा गत आइतवार हराएको खबर गरिएको थियो । न्युयोर्कको योनकर्समा गएको बिहीवार २६ वर्षीया पामेला अल्कानटेरा मृत फेला परेपछि उनको पूर्व प्रेमी प्रहरी हिरासतमा लिइएको छ ।
शव एक दलदल क्षेत्रमा सो मिल रिभर पार्कवे अर्थात् मार्ग छेउमा फेला परेको थियो। न्यूयोर्क प्रहरीले उनलाई घटनास्थलमै मृत घोषणा गर्यो।
उनको ४६ वर्षीय पूर्व प्रेमी हाल हिरासतमा छन्, तर उनलाई अझै औपचारिक रूपमा अभियोग लगाइएको छैन। प्रहरीलाई उनले सहयोग गर्न अस्वीकार गरि रहेको बताईएको छ ।
परिवारका अनुसार उनीहरू तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए । तर पामेलाले हालसालै सम्बन्ध बिच्छेद गरेकी थिइन् । अल्कानटेरा ब्रक्सस्थित आफ्नै आवासगृह (अपार्टमेन्ट)मा पूर्व प्रेमीसँग बस्थिन्। उनको हराएको घटनामा अनुसन्धान गरिरहेका अनुसन्धानकर्ताहरू यसै हप्ताको सुरुमा पूर्व प्रेमीसँग कुरा गर्न चाहन्थे।
प्रमाणहरूले पूर्व प्रेमीमाथि शंका उब्जायो :
प्रहरी स्रोतहरूका अनुसार गत बिहीवार बिहान ९:५० बजे मृत शरीर फेला परेको स्थान नजिकै पूर्व प्रेमीको गाडीको दर्ता संख्या (लाइसेन्स प्लेट )भएको गाडी पत्ता लगाईएको थियो। त्यसपछि प्रहरीले सो क्षेत्र खोजी गर्यो। मानव रहित यान (ड्रोन)को सहायताले पानीमा रहेको रातो संदूक (सुटकेस) देखियो,जसको भित्र पामेलाको शव भेटियो।
पूर्व प्रेमीलाई तत्काल हिरासतमा लिइयो। न्यूयोर्कका प्रमुख चिकित्सा परीक्षकको कार्यालयले मृत्युको कारण पत्ता लगाउने छ।
पामेलालाई आईतवार गिर्जाघर (चर्च)मा उपस्थित हुनुपर्ने थियो, तर उनी नआएपछि परिवारले हराएको खबर गरे । अनुसन्धान अझै जारी रहेको छ। न्यूयोर्क प्रहरीले उनलाई अन्तिम पटक आइतवार बिहानै आफ्नो आवासगृह (अपार्टमेन्ट)को निगरानी श्रब्यदृश्य (भिडियो)मा देखिएको पुष्टि गरेको थियो ।
हिरासतमा लिए पछि उनले सुरुमा जासूसहरूलाई अल्कानटेरा आफ्नो आवासगृह (अपार्टमेन्ट)बाट हतारमा निस्किएकी बताए । उनले सुरुवाल लगाएर र रातो सुटकेस बोकेर निस्केको बताए । पछि जासूसहरूले बरामद गरेको प्रमाण अनुसार त्यो सही नभएको खुलासा गर्यो ।
स्रोतहरूका अनुसार उनले वकिलको अनुरोध गरेको एबिसीन्यूजले जनाएको छ ।
प्रतिक्रिया