राष्ट्रपति ट्रम्पद्वारा अवैध आप्रवासीहरूले हत्या गरेका दुई युवतीहरूलाई सम्मान, कार्यकारी आदेश जारी 

इनेप्लिज २०८१ फागुन २१ गते १५:०७ मा प्रकाशित

(वाशिङ्टन डी.सी.) – राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मॅगलवार राती कंग्रेस संयुक्त सत्रमा दुई युवतीहरुको सम्झनामा सम्मान प्रकट गरेका छन्। 

जोसलिन नुंगाराय, जोसलिन नुंगाराय ह्यूस्टन, टेक्सासकी १२ वर्षीया बालिका थिइन्, जसको आठ महिना अघि हत्या भएको थियो। 

उनको हत्या आरोपमा दुई भेनेजुएलाका नागरिकहरू, फ्राङ्कलिन जोसे पेना रामोस र जोहान जोसे राङ्गेल मार्टिनेज, पक्राउ परेका थिए, जो अवैध रूपमा संयुक्त राज्यमा प्रवेश गरेका थिए ।

पछि अदालतमा उपस्थित हुने सुचनासहीत रिहा भएका थिए। टेक्ससका अभियोजनकर्ताहरूले यस मामिलामा मृत्युदण्डको माग गरेका छन्।  

जोसलिनप्रति सम्मान स्वरूप राष्ट्रपति ट्रम्पले अनाहुआक राष्ट्रिय वन्यजन्तु आश्रयको नाम परिवर्तन गरी जोसलिन नुंगाराय राष्ट्रिय वन्यजन्तु आश्रय राख्ने कार्यकारी आदेशमा हस्ताक्षर गरे।

लेकन राइली, जर्जियाकी  स्वास्थ्य परिचारिका(नर्सिङ ) विद्यार्थी थिईन जसको हत्या अवैध रूपमा प्रवेश गरेका जोसे इबार्राले गरेको पुष्टि भएको छ। 

डीएनए प्रमाणका आधारमा इबार्रालाई दोषी ठहर गरिएको छ। 

उनको सम्झनामा राष्ट्रपति ट्रम्पले “लेकन राइली ऐन” घोषणा गरे, जसले खतरनाक आपराधिक आप्रवासीहरूको नियन्त्रणलाई कडा बनाउनेछ।

राष्ट्रपति ट्रम्पले यी घटनाहरूलाई अमेरिकी आप्रवासन नीति सुधार गर्नुपर्ने प्रमाणको रूपमा प्रस्तुत गरेका छन्। 

प्रतिक्रिया