अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको बैठक तनावपूर्ण रह्यो। बैठकको क्रममा राष्ट्रपति ट्रम्पले राष्ट्रपति जेलेन्स्कीलाई “तपाई तेस्रो विश्वयुद्धसँग खेल्दै हुनुहुन्छ” भनेर चेतावनी दिए । यस विवादपछि संयुक्त पत्रकार सम्मेलन र खनिज सम्झौतामा हस्ताक्षर रद्द गरियो । राष्ट्रपति जेलेन्स्कीले ह्वाइट हाउस छोडे पछि अमेरिकालाई धन्यवाद दिँदै शान्ति स्थापना प्रति आफ्नो प्रतिबद्धता व्यक्त गरे ।
यस घटनाको कारण अमेरिकी राजनीतिज्ञहरूले विभिन्न प्रतिक्रिया दिएका छन् । सिनेटरब्रायन शाट्जले राष्ट्रपति ट्रम्पको व्यवहारलाई “अमेरिकी राष्ट्रपतिको असफलता” भनेर वर्णन गरे जबकि सिनेटर क्रिस कूनले बैठकको खराब परिणामप्रति दुःख व्यक्त गरे ।
सिनेटर जीन शाहीनले ट्रम्प र उपराष्ट्रपति जे.डी. भान्सको व्यवहारलाई “लज्जास्पद र पूर्ण रूपमा गैर-अमेरिकी” भनेकी छिन्। सिनेटर ज्याक रीडले यसलाई “राजनीतिक घात” र “अमेरिकी नेतृत्वको लज्जास्पद असफलता” भन्दै टिप्पणी गरे ।
युरोपेली नेताहरूले पनि राष्ट्रपति जेलेन्स्कीप्रति समर्थन व्यक्त गरेका छन्। यस घटनाले युक्रेनलाई अमेरिकी सैन्य र राजनीतिक समर्थनको भविष्यमा असर पार्न सक्छ, साथै युरोपेली शान्ति स्थापनाका प्रयासहरूमा पनि प्रभाव पार्न सक्छ।
प्रतिक्रिया