राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ओभल अफिस (कार्यालय)मा चर्को बहसपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक संजाल एक्समा धन्यवाद अमेरिका लेखे ।
“धन्यवाद अमेरिका, तपाईको समर्थनको लागि धन्यवाद, यो भ्रमणको लागि धन्यवाद। अमेरिकी राष्ट्रपतिलाई धन्यवाद, कांग्रेस र अमेरिकी जनतालाई धन्यवाद।”
“युक्रेनलाई न्यायपूर्ण र दिगो शान्ति चाहिन्छ, र हामी त्यसैको लागि काम गरिरहेका छौं,” जेलेन्स्कीले भने । ह्वाइट हाउसका एक अधिकारीका अनुसार ट्रम्पले युक्रेनीहरूलाई ह्वाइट हाउस छोड्न आदेश दिएपछि यो आएको हो ।
यसैबीच, युक्रेनी रक्षा मन्त्रालयले टेलिग्राममा प्रतिक्रिया दियो: “हामीसँग आफ्नै कामहरू छन्। युक्रेनको जय होस्।”
प्रतिक्रिया