शुक्रबार बिहान नेपालमा ५.४७ परिमाण(म्याग्निच्युड)को भूकम्प गएको छ । काठमाडौँ लगायत देशका केही भागमा भूकम्पको धक्का महसुस गरिएको बिबिसी नेपालीले लेखेको छ ।
राती २ बजेर ५१ मिनेटमा भूकम्पको कम्पन हुँदा मानिसहरु घरबाहिर निस्किएका छन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेपाल तिब्बत सीमा लिस्टिकोट नजिकै केन्द्रविन्दु बनाएर ५.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ ।
भूकम्प गए पछि कम्पन महसुस गरिएको छ भने सामाजिक संजालमा भूकम्प गएको जानकारी दिई रहेका छन् ।
५.४७ परिमाणको भूकम्पलाई मध्यम मानिन्छ र यसले विशेष गरी केन्द्रबिन्दु नजिकै भवनहरू हल्लिने जस्ता उल्लेखनीय प्रभावहरू निम्त्याउन सक्छ।
प्रतिक्रिया