इजरायली प्रहरीले बिहीबार एक शंकास्पद गाडी आक्रमणमा ९ जना घाइते भएको जानकारी दिएको छ, जसमा एक १७ वर्षीया किशोरी गम्भीर रूपमा घाइते भएकी छन्।
यो घटना इजरायलको उत्तरी भागमा पर्ने मार्ग ६५ स्थित कुर्कुर संगममा रहेको यात्रीयान बिसौनी(बस स्टप)मा भएको हो। चालक पनि घाइते भएका छन् भने र घटनास्थलमै उनलाई “निष्क्रिय” बनाइएको थियो । तर प्रहरीले विस्तृत विवरण नदिएको फक्सन्यूजले जनाएको छ ।
घटनामा घाइते भएकाहरूलाई नजिकैको अस्पतालमा लगिएको छ। फक्सन्यूजका अनुसार ९ जना घाइतेहरूमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने ६ जनालाई सामान्य चोट लागेको छ।
इजरायली प्रहरीका प्रवक्ताले फक्सन्यूजलाई दिएको विवरण अनुसार, चालक ५३ वर्षीय प्यालेस्टिनी नागरिक हुन् । जो जेनिन क्षेत्रका बासिन्दा हुन् र अवैध रूपमा इजरायलमा बसेका थिए। उनी एक इजरायली नागरिकसँग विवाह गरेका थिए।
“प्रारम्भिक अनुसन्धान अनुसार, उनले जानीजानी यात्रीयान बिसौनीमा पर्खिरहेका सर्वसाधारणलाई लक्षित गरेका थिए,” प्रहरीको विज्ञप्तिमा भनिएको छ । “आक्रमणकारीलाई निष्क्रिय पारिएको छ। यो अनुसन्धान अझै जारी छ।”
घटनापछि प्रहरी प्रमुखले घटनास्थलमै पुगेर मूल्यांकन गरिरहेका छन्।
प्रतिक्रिया