बिश्वकै धनाढ्य व्यक्ति तथा व्यवसायी इलन मस्कले आफूलाई हाल धेरै विरोध र ज्यान मार्ने धम्कीहरू आइरहेको खुलासा गरेका छन्। उनले गत फेब्रुअरी २६ बुधबारका दिन राष्ट्रपति डोनाल्ड ट्रम्प सहित मन्त्रिमण्डलको बैठकमा उक्त कुरा बताए ।
राष्ट्रपति ट्रम्पको अनुरोधमा मस्कले सरकारी दक्षता बिभागको कामबारे जानकारी दिएका थिए। उनले भने अनुसार डिओजीइ हाल सरकारी सुसांख्य (कम्प्युटर)प्रणाली सुधार गर्न काम गरिरहेको बताए । उनले टेक सपोर्ट नामको गन्जी लगाएर आएका थिए भने उनले त्यो बोल्ने क्रममा प्रदर्शन गरेका थिए ।
तर, मस्कले यस योजनाको मुख्य उद्देश्य सरकारी घाटा कम गर्नु र बचत गरिएको रकम सही रूपमा उपयोग गर्नु रहेको बताए।
राष्ट्रपति ट्रम्पले सरकारी दक्षता बिभागको उपलब्धिहरूबारे चर्चा गर्दै मस्कले सरकारी कर्मचारीहरूको वास्तविक अस्तित्व पत्ता लगाउन पठाएका बिधुतिय डाकहरू उल्लेख गरे।
सरकारी दक्षता बिभाग( डिओजीइ) का उपलब्धिहरूबारे चर्चा भएपछि उपस्थित व्यक्तिहरूले मस्कको प्रयासको ताली बजाएर स्वागत गरे ।
प्रतिक्रिया