राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बीच आगामी शुक्रवार ह्वाइट हाउस भेटवार्ता हुने भएको छ । ट्रम्पले आज बिहानै उक्त घोषणा गरेका हुन्।
लामो समयदेखि प्रतीक्षित खनिज सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ। ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो मन्त्रीमण्डल बैठकको सुरुवातमै यो सम्झौतालाई “एकदम ठूलो सहमति” भनेर वर्णन गरेका छन्।
ट्रम्पले लामो समयदेखि अमेरिकाले युक्रेनलाई अत्यधिक करदाताको पैसा युद्ध सहयोगका रूपमा दिएको भन्दै गुनासो गर्दै आएको थिए ।यो नयाँ सम्झौतालाई अमेरिककाले युक्रेनलाई दिइएको सहायता “फिर्ता लिने” अवसरका रूपमा चित्रित गरेका छन्।
“अघिल्लो प्रशासनले हामीलाई नराम्रो स्थितिमा राखेको थियो, तर हामी यस्तो सम्झौतामा पुग्न सफल भयौं, जसले गर्दा हामी हाम्रो पैसा फिर्ता पाउनेछौं, र भविष्यमा धेरै पैसा कमाउनेछौं,” ट्रम्पले भने।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बुधबार बिहान कीभमा आयोजित पत्रकार सम्मेलनमा आर्थिक सम्झौताको एउटा प्रारम्भिक ढाँचा तयार भएको बताए।
प्रतिक्रिया