भारतीय मूलका ट्रम्पका नजिकका विवेक रामास्वामी ओहायोको गभर्नर दौडमा सहभागी हुन तयारीमा

इनेप्लिज २०८१ फागुन १२ गते १२:२३ मा प्रकाशित

अमेरिकाको ओहायो राज्यको सिनसिनाटीमा जन्मेका जैविक प्रविधि व्यवसायी विवेक रामास्वामी सोमबार ओहायो गभर्नर पदको लागि आफ्नो उम्मेदवारी घोषणा गर्ने अपेक्षा गरिएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालको पहिलो दिनमै सरकारी दक्षता पहलबाट अलग भएका थिए ।

३९ वर्षीय रामास्वामीले आफ्नो अभियान सिनसिनाटीबाट सुरु गर्न लागेका छन्। उनी २०२६ को रिपब्लिकन प्राथमिक चुनावमा सामेल हुने भएका छन् ।

रामास्वामीले २०२४ को राष्ट्रपतिको लागि रिपब्लिकनको तर्फ बाट प्राथमिक निर्वाचनमा राष्ट्रपतिको उम्मेदवार भएका थिए । तर पछि चुनावी प्रचार प्रसार छोड्दै ट्रम्पलाई समर्थन गरेका थिए। ट्रम्पले उनलाई अर्बपति इलन मस्कसँगै सरकारी दक्षता पहलको सह-अध्यक्ष बनाउन प्रस्ताव गरेका थिए।

ओहायोका महान्यायाधिवक्ता डेभ योस्टले जनवरीमा गभर्नर पदको लागि उम्मेदवारी घोषणा गरिसकेका छन्। अश्वेत व्यवसायी हेदर हिल पनि प्रतिस्पर्धामा छन्। अर्कोतर्फ, डा. एमी एक्टन, जो ओहायोको पूर्व स्वास्थ्य निर्देशक हुन् र कोभिड-१९ महामारीको सुरुवाती चरणमा नेतृत्वदायी भूमिका खेलेकी थिइन्, उनी डेमोक्र्याट उम्मेदवारको रूपमा दौडमा छन्।

ओहायोमा रिपब्लिकनको पकड

हाल केही बर्ष देखि ओहायोमा रिपब्लिकनको पकड रहेको छ । ओहायो राज्यले पछिल्ला तीन पटक राष्ट्रपतीय चुनावमा ट्रम्पलाई ८ प्रतिशत अंकभन्दा बढी मतान्तरले जिताएको छ। हाल ओहायोमा सबै राज्यव्यापी कार्यकारी पदहरू, ओहायो सर्वोच्च अदालतमा बहुमत, र दुबै विधायिकामा बहुमत रिपब्लिकनको नियन्त्रणमा छ।

रामास्वामीको विचारधारा र अभियान रणनीति

हिन्दू धर्म मान्ने रामास्वामीले आफ्नो राष्ट्रपतिको अभियानमा १० प्रमुख आस्थाहरू प्रस्तुत गरेका थिए, जसको नेतृत्व भगवान वास्तविक छन् भन्ने धारणा राख्थ्यो, त्यस पछि दुई मात्र लिंग छन् भने धारणा थियो। उनले यी विचारहरू आफ्नो २०२४ को पुस्तक ट्रुथ : द फ्युचर अफ अमेरिका फस्ट मार्फत सार्वजनिक गरेका थिए।

रामास्वामी पहिलो पटक २०२१ मा आफ्नो पुस्तक वोक इंक : इनसाइस कर्पोरेट सोसल जस्टिस स्क्याम मार्फत राजनीतिक चर्चामा आएका थिए।

प्रतिक्रिया