हमासले ६ जना बन्धकहरूलाई रिहा गरेपछि इजरायलले कैदीहरूको रिहाइमा ढिलाइ गर्ने बताएको छ । हमासले “बारम्बार उल्लङ्घन” गरेको इजरायलले उल्लेख गरेको छ।
हमासले गत शनिबार गाजा भूभागका छुट्टाछुट्टै स्थानहरूमा छ जना जीवित बन्धकहरूलाई रिहा गर्यो । बिहान प्रत्येक स्थानमा मंचहरू बनाईएको र उक्त मंचमा हमास लडाकुहरू र दर्शकहरूको भीडले घेरिएको थियो।
बन्धकहरूको पछिल्लो रिहाइको बदलामा इजरायलले आफ्नो कारागारबाट सयौं प्यालेस्टिनीहरूलाई रिहा गर्ने अपेक्षा गरिएको थियो तर अर्को सूचना नभएसम्म कैदीहरूको रिहाइमा ढिलाइ गरेको एक स्रोतले एबीसी न्यूजलाई पुष्टि गरेको समाचारमा उल्लेख गरेको छ ।
शनिबार पछि इजरायली प्रधानमन्त्रीको सामाजिक संजाल एक्स खातामा प्रकाशित विज्ञप्तिमा कैदीहरूको रिहाई हमासको बारम्बार उल्लङ्घनहरूको कारण ढिलाइ हुने जनाएको छ ।
हाम्रा बन्धकहरूलाई अपमानित गर्ने समारोहहरू आयोजना गरिएको भन्दै अर्को बन्धकहरूको रिहाइ सुनिश्चित नभएसम्म र अपमानजनक समारोहहरू बिना” कैदी रिहाइ ढिलाइ हुनेछ, विज्ञप्तिमा भनिएको छ।
शिरी बिबासको शव फिर्ता ढिलाइ भएको र अपहरण भएको केही समयपछि उनी र उनका दुई साना बच्चाहरूको मृत्यु भएको प्रतिक्रियामा पनि यो निर्णय गरिएको बताइएको छ ।
इजरायलसँगको युद्धविराम सम्झौताको पहिलो चरणको रूपमा शनिबार बन्धकहरूको रिहाइ भएको थियो।
प्रतिक्रिया