एक संघीय न्यायाधीशले ट्रम्प प्रशासनलाई ८ विदेशी नागरिकको देश निकाला रोक्ने निर्णय रोक्न “प्रशासनिक स्थगन” जारी गरेका छन् । प्रशासनको निर्णयलाई रोकेका छन् । शरणार्थीका वकिलहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणालाई ‘गैरकानूनी’ भनेर आलोचना गरेका छन् ।अमेरिकी जिल्ला न्यायाधीश रान्डोल्फ मोसले ट्रम्प प्रशासनद्वारा गरिन लागेको आठ जना शरणार्थीको निष्कासन रोक्न “प्रशासनिक स्थगन” जारी गरेका छन्। यी शरणार्थीहरूलाई आफ्नो मूल देशमा हिंसा र उत्पीडनको डर रहेको बताएका छन् ।
शरणार्थीहरूमा तालिबानबाट भाग्ने चार जनाको परिवार, आफ्नो राजनीतिक विचारका कारण इजिप्टमा कारागारमा परेका र यातना भोगेको दाबी गर्ने एक पुरुष र इक्वेडरकी एक महिला रहेकी छिन् । महिलाले आफ्नो प्रहरी अधिकारी पतिले सम्भवतः उनलाई मार्न सक्ने बताईएकी छिन् । शरणार्थीहरूको प्रतिनिधित्व गर्ने वकिलहरूले ट्रम्प प्रशासनले कानून तोडिरहेको र उत्पीडन र हिंसाको “विश्वसनीय डर” भएकाहरूलाई कानुनी स्थिति (लिगल स्टाटस )प्राप्त गर्ने मौका नदिएको बताएका छन्।
ओबामाद्वारा नियुक्त न्यायाधीश मोसले अदालतलाई यी शरणार्थीहरूको अवस्थाको बारेमा थप जानकारी चाहिने बताए । अमेरिकाको प्रसिद्ध पत्रिका पोलिटिकोका अनुसार, उनले न्याय विभागलाई शुक्रबार मध्यरातसम्म उनीहरूको बारेमा थप विवरण प्रदान गर्न समय दिएका छन्।
अमेरिकी जिल्ला न्यायाधीश मोसले ट्रम्प प्रशासनद्वारा गरिन लागेको आठ जना शरणार्थीको निष्कासन रोक्न “प्रशासनिक स्थगन” जारी गरेका हुन् ।
बेद प्रसाद घिमिरे
प्रतिक्रिया