ट्रम्प प्रशासनले ल्याटिन अमेरिका र युक्रेनबाट आएका आप्रवासीहरूको आप्रवासन आवेदन स्थगित गरेको छ जसलाई बाइडेन प्रशासनअन्तर्गत परोल कार्यक्रममार्फत अमेरिका प्रवेश गर्न अनुमति दिइएको थियो।
यो निर्णय धोखाधडी र सुरक्षा चिन्ताका कारण गरिएको ट्रम्प प्रशासनले जनाएको छ । यो स्थगन अनिश्चित समयसम्म लागू हुने सिविएसन्यूजले बताएको छ ।
साथै जबसम्म अधिकारीहरूले सम्भावित धोखाधडी पहिचान गर्न र राष्ट्रिय सुरक्षासँग सम्बन्धित जोखिम कम गर्न थप जाँच प्रक्रियाहरू सुधार गर्न सक्दैनन् तव सम्म यो लागू हुनेछ ।
यस निर्णयले धेरै आप्रवासीहरूलाई कानुनी रूपमा अमेरिका बस्न अनुमति दिने प्रक्रियामा अनिश्चितता निम्त्याएको छ।
यसैबीच, विदेश विभागले अफगान पुनर्स्थापना कार्यालयलाई अप्रिलसम्म बन्द गर्ने योजना बनाउन निर्देशन दिएको छ, जसले लगभग २ लाख अफगान सहयोगीहरूलाई असर गर्न सक्ने सिविएसन्यूजले जनाएको छ ।
प्रतिक्रिया