अमेरिका र रुस युक्रेन युद्धको अन्त्य गर्ने वार्ता पछि युक्रेनमा रुसी आक्रमण ,१६७ वटा मानव रहित यान मध्ये १०६ वटा खसालिए

इनेप्लिज २०८१ फागुन ७ गते ११:५१ मा प्रकाशित

अमेरिका र रुस युक्रेन युद्धको अन्त्य गर्ने वार्ता पछि युक्रेनमा रुसी आक्रमण भएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विदेशी साझेदारहरूलाई मस्कोमाथि थप दबाब दिन आग्रह गरे । रूसले मंगलबार साउदी अरेबियामा अमेरिकासँगको ऐतिहासिक वार्तालाई प्रमुख क्षेप्यास्त्र र मानव रहित यान आक्रमणलाई जारी राखेको बताएका छन ।

वार्ता जारी राख्ने प्रतिबद्धताका साथ छलफल समाप्त भएको केही घण्टापछि रूसले युक्रेनमा क्षेप्यास्त्र तथा मानव रहित यान (ड्रोन )आक्रमण गरेको एबिसीन्यूजले जनाएको छ । युक्रेनको वायु सेनाले देशमा १६७ मानव रहित यान (ड्रोन) र दुई प्राक्षेपिक क्षेप्यास्त्रहरू प्रहार गरेको जनाएको छ ।

युक्रेनका सैनिक अधिकारीहरुका अनुसार जसमध्ये १०६ वटा रोकिएका र ५६ वटा उडानमा हराएका छन् ।

ओडेसाका नगर प्रमुख गेनाडी ट्रुखानोभले “शहरको घना बस्ती भएको क्षेत्रमा ठूलो शत्रुको आक्रमण” भएकोले बिजुली र पानी आपूर्ति बन्द भएको बताए ।

हिजो मात्र, रियादमा भएको कुख्यात बैठक पछि रूसी प्रतिनिधिहरले फेरि एक पटक झूट बोलिरहेको जेलेन्स्कीले आक्रोस पोखे ।आक्रमण गर्दा राती ऋणात्मक( माइनस) ६ डिग्री सेल्सियस तापक्रम थियो ।

साउदी वार्ताबाट कीभको बहिष्कारले युक्रेन र यसका युरोपेली सहयोगीहरूलाई नराम्रो रूपमा अस्थिर बनाएको छ।

यता फ्लोरिडाको मारालागो भवनमा ट्रम्पले उनीसँग “यो युद्ध अन्त्य गर्ने शक्ति” भएको दाबी गरे । उनले युक्रेनले रूस विरुद्ध द्वन्द्व सुरु गरेको झूटो दाबी गरेको विभिन्न पत्र पत्रिकाले समाचार लेखेका छन् ।

ट्रम्पले युक्रेनमा नयाँ चुनाव गराउनुपर्ने बताए । उनले हाल मार्शल ल (सैनिक कानुन )लागू भएका कारण सम्भव छैन भने । जेलेन्स्कीको सार्वजनिक स्वीकृति मूल्याङ्कन “४% मा झरेको” झूटो दाबी गरेको एबिसीन्यूजले समाचार लेखेको छ ।

राष्ट्रपतिले दावीको लागि स्रोत बताएनन । किभ इन्टरनेशनल इन्स्टिच्युट अफ सोसियोलोजीको हालैको सर्वेक्षणले जेलेन्स्कीलाई ५७% युक्रेनीहरूको विश्वास रहेको देखाएको छ, जुन डिसेम्बर २०२३ मा ७७% र मे २०२२ मा ९०% थियो जुन रूसको आक्रमणको तीन महिना पछि घटेको थियो।

प्रतिक्रिया