टेक्ससमा नेपाल डे परेड सफलतापूर्वक सम्पन्न

इनेप्लिज २०८१ फागुन ६ गते २३:५८ मा प्रकाशित

देवराज न्यौपाने । अमेरिकाको टेक्सस राज्यका प्रमुख सामुदायिक संस्थाहरु क्रमस ग्रेटर अस्टिन नेपाली सोसाईटी, नेपाली समाज ,टेक्सस(एनएसटी) एनएएच ह्युस्टन, एनएसएल लवक र साना सान आन्टोनियोको आयोजना तथा ग्यान्सको संयोजनमा हटो शहरमा नेपाल डे परेड सफलतापूर्वक सम्पन्न भएको छ ।

टेक्सस हाउसले नेपाल अमेरिका दैत्य सम्वन्ध स्थापना भएको दिन फेब्रुअरी १६ लाई नेपाल डे घोषणा गरे सँगै टेक्ससलाई प्रतिनिधित्व गर्ने प्रमुख सहरका ५ प्रमुख नेपाली सामुदायिक संस्थाहरुले पालैपिलो संयोजन गर्ने सहमती गरी पहिलो कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।

यस्ता कार्यक्रमले हामी नेपालीलाई अबश्य नैं गौरवान्वित गराउनेछ ।

हाम्रो गौरवमय गाथा, भाषा, संस्कृतिको संरक्षण र सम्वर्धनमा महत्वपूर्ण टेवा पुग्ने छ । यसले बिबिधतामा आधारित हाम्रो रंगिचंगी फुलवारी जस्तो हाम्रो मौलिक संस्कृतिलाई बिश्व सामु परिचत गराउनेछ ।

ऐतिहासिक महत्वपूर्ण सूरुवातका लागी ग्यान्स लगायत आयोजक संस्थाहरु बधाई तथा धन्यवाद पात्र छन् ।

प्रतिक्रिया