अध्यावधिक गरिएको : टोरन्टो विमानस्थलमा डेल्टा बिमानसेवा दुर्घटना हुँदा १७ घाइते, बिमानस्थलमा हिउमा चिप्लदा बिमान उल्टियो

इनेप्लिज २०८१ फागुन ६ गते १:५० मा प्रकाशित

अध्यावधिक गरिएको : क्यानडाको टोरन्टो विमानस्थलमा डेल्टा बिमानसेवा ( एयरलाइन्स)दुर्घटना हुँदा कूल १७ जना घाइते भएको जानकारी दिईएको छ । त्यो भन्दा अगाडी १८ जना घाइते भएको बताईएको थियो । बिमानस्थलको हिउमा चिप्लदा बिमान उल्टियो ।

टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार डेल्टा एयरलाइन्सको उडान ४८१९ आपतकालीन रूपमा अवतरण गर्दा कम्तीमा १७ यात्रु घाइते भएका छन्। विमान अमेरिकाको मिनियापोलिस-सेन्टपल अन्तर्राष्ट्रिय विमानस्थलबाट टोरन्टोका लागि उडेको थियो। अवतरणका क्रममा धावनमार्ग (रनवे)मा दुर्घटना भई विमान पल्टिएको थियो ।

विमानस्थलका प्रमुख डेबोरा फ्लिन्टका अनुसार उद्धार टोलीहरूले छिटो प्रतिक्रिया जनाएर सबै यात्रु तथा चालक दलका सदस्यलाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएका छन्। स्थानीय स्वास्थ्य अधिकारीहरूले दुई जनाको अवस्था गम्भीर भए पनि कुनै ज्यान नगएको बताएका छन्।

विमानमा ७६ यात्रु र चालकदलका ४ जना सहित ८० जना यात्रुहरु रहेका थिए । सबै ८० जना नै जीवित भएका छन् । यात्रुहरुमा २२ क्यानाडाली नागरिक थिए। दुर्घटनापछि विमानस्थलका दुई धावनमार्ग बन्द गरिएको छ भने अन्य तीन वटा धावनमार्ग( रनवे )पुनः सञ्चालनमा आएका छन्।

क्यानाडाको ट्रान्सपोर्टेशन सेफ्टी बोर्ड(यातायात सुरक्षा समिति)ले दुर्घटनाको अनुसन्धान गरिरहेको छ। विमानस्थल प्रशासनले आपतकालीन संयन्त्र प्रभावकारी रूपमा काम गरेको भन्दै पहिलो प्रत्युत्तरदाता र उद्धार टोलीको प्रशंसा गरेको छ।

पत्रकार सम्मेलनमा फ्लिन्टले वक्तब्य दिए पछि कुनै पनि प्रश्नको जवाफ दिइनन्। उनि पत्रकार सम्मेलन गर्नसाथ त्यहाँबाट बिदा भइन ।

प्रतिक्रिया