स्वेच्छिक अवकाश स्वीकार गरेका कर्मचारीहरुलाई गल्तीले बर्खास्ती गरिएको व्हाइट हाउसले स्वीकार गरेको छ । यो घटनाले ट्रम्प प्रशासनको संघीय कर्मचारी व्यवस्थापनमा त्रुटि देखिएको छ ।
फोर्क इन द रोड नामक स्वेच्छिक अवकाश योजना अन्तर्गत केही संघीय कर्मचारीहरूलाई काम छोड्नका लागि वित्तीय प्रोत्साहन दिने योजना ल्याइएको थियो। थुप्रै कर्मचारीहरूलेप्रस्ताव स्वीकार गरेका थिए उनीहरूलाई गल्तीले पुनः बर्खास्त गरिएको समाचार एबिसीन्यूजले लेखेको छ ।
सरकारी प्रतिक्रिया : कर्मचारी व्यवस्थापन कार्यालयले यो गल्ती स्वीकार गर्दै ती कर्मचारीहरूका स्वेच्छिक अवकाश सम्झौताहरू मान्य हुने बताएको छ।
प्रभावित कर्मचारीहरूको सरकारको तिब्र बिरोध गरेका छन् । एबिसीन्यूजका अनुसार निक डेटर जो कृषि बिभागमा कार्यरत एक प्राकृतिक स्रोत विशेषज्ञ हुन्उ नी पनि यो गल्तीको शिकार बनेका छन् ।
उनले एबिसीन्यूजलाई भने: “मैले स्वेच्छिक बहिर्गमन स्वीकार गरिसकेको थिएँ, तर फेरि मलाई बर्खास्त गरियो। मलाई सेप्टेम्बरसम्म तलब पाउने कुरामा अनिश्चित बनाइयो।” उनले सरकारी प्रणालीलाई अव्यवस्थित, अपमानजनक र अनियन्त्रित भनेका छन्। प्रशासनले स्पष्ट निर्देशन नदिएको र स्थानीय कार्यालयहरूले कुनै जानकारी नभएको बताएका छन्।
यो घटनाको प्रभाव के हुन सक्छ ? :
संघीय कर्मचारीहरू ट्रम्प प्रशासनप्रति निराश देखिएका छन् । बर्खास्ती प्रभावित कर्मचारीहरूले कानूनी कारबाहीको अगाडी बढाउन सक्ने सम्भावना पनि रहेको छ। यो घटनाले प्रशासनिक समन्वयमा गम्भीर समस्या देखाएको छ। यदि सरकार यो समस्यालाई चाँडै समाधान गर्न असफल हुन्छ भने संघीय कर्मचारीहरूमा अविश्वास र असन्तुष्टि अझ बढ्नसक्छ ।
प्रतिक्रिया