अमेरिकामा आएको बाढी,आँधी र हिमपातको कारण कम्तिमा ८ जनाको मृत्यु , १० करोडभन्दा बढी अमेरिकीहरू मौसम सतर्कतामा

इनेप्लिज २०८१ फागुन ४ गते २३:१३ मा प्रकाशित

पूर्वी अमेरिकामा आएको बाढी,आँधी र हिमपातको कारण कम्तिमा ८ जनाको मृत्यु भएको एबिसीन्यूजले जनाएको छ । अमेरिकामा आइतबार १० करोडभन्दा बढी अमेरिकीहरू मौसम सतर्कतामा रहेका छन् ।

खतरनाक जाडो मौसमले दक्षिणभरि लाखौलाख मानिसहरु बिजुलीविहीन बनाएको र केन्टकीमा कम्तिमा आठ जनाको मृत्यु भएको छ ।

आइतबार दक्षिणी राज्यका केही भागहरूमा भारी वर्षाले गम्भीर बाढी निम्त्याएको छ ।द्रुत गतिमा बढ्दो बाढीको पानीले सडकहरू डुबाएको छ भने केहीलाई खाली गर्न बाध्य बनाएको छ ।

यसैबीच हिउँले मध्य एट्लान्टिक र उत्तरपूर्वमा बर्लिंगटन, भर्मन्टमा ८.५ इन्च हिउँ परेको छ । न्यूयोर्कको मासेनामा ८.४ इन्च हिमपात भएको छ ।

शनिबार र आइतबारसम्म केन्टकी, टेनेसी, पश्चिम भर्जिनिया र उत्तरी क्यारोलाइनाको केही भागहरूमा बाढी चेतावनीहरू जारी गरिएको छ ।

केन्टकीका गभर्नर एन्डी बेशियरले राज्यमा बाढीको प्रभाव “ठूलो” रहेको सामाजिक संजाल मार्फत जानकारी गराएका छन् । आइतबार दिउँसो एक पत्रकार सम्मेलनको क्रममा, बेशियरले राज्यभरि मौसमसँग सम्बन्धित ८ जनाको मृत्युको पुष्टि गरे । जसमध्ये एक बच्चा रहेको छ। दुई मृत्यु मौसमसँग सम्बन्धित सवारी दुर्घटनाका कारण भएका थिए भनेअन्य छ जनाको मृत्यु बाढीको कारण भएको उनले बताए ।

बेशियरका अनुसार राज्यका सबै १२० काउन्टीहरू आँधीबाट प्रभावित भएका छन् । दुई वटा निजी अस्पताल (नर्सिङ होम)हरू खाली गरिएको छ, जसमा राज्य प्रहरीले १०० बिरामीहरूलाई बाहिर निकालेका छन् ।

केन्टकीमा कम्तिमा २३,१२५ ग्राहकहरू बिजुली बिना बस्न बाध्य भएका छन् । त्यस्तै ९,८०० ग्राहकहरू पानी बिना रहेको र केही बासिन्दाहरूलाई उमालेको पानी मात्र पिउन सल्लाह दिइएको थियो, उनले भने।

गभर्नरले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई “हाम्रो राज्यभरि गम्भीर मौसम र प्रभावहरूको कारण केन्टकीको लागि आपतकालीन विपत्ति घोषणाको अनुरोध गर्दै” पत्र लेखेको पनि बताए। ट्रम्पले शनिबार राति घोषणापत्रमा हस्ताक्षर गरेको र सहयोग गर्न संघीय कोष जारी गरेको बेशियरले भने।

पश्चिमी केन्टकी र उत्तरपश्चिमी टेनेसीका केही भागहरूमा शनिबार रातिदेखि आइतबारसम्म ४ देखि ७ इन्च वर्षा भएको छ। न्याशभिलको उत्तरपश्चिममा रहेको टेनेसीको क्लार्क्सभिल वरपरको क्षेत्रमा लगभग ७.६ इन्च वर्षा भएको छ।

टेनेसी राज्यको न्यासभिलबाट लगभग ६५ माइल उत्तरपूर्वमा रहेको म्याकन काउन्टीको एक अस्पताल (नर्सिङ होम)का ५० भन्दा बढी बासिन्दाहरूलाई बढ्दो पानी नजिक आउन थालेपछि अग्लो जमिनमा सारिएको म्याकन काउन्टी आपतकालीन चिकित्सा सेवाहरूले बताएका छन्।

प्रतिक्रिया