अध्यावधिक गरिएको : नयाँ दिल्ली रेल स्टेशन(स्थानक)मा भएको भागदौडमा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।
एनडिटिभिका अनुसार प्रयागराजमा महाकुम्भको लागि रेल चढ्न खोजिरहेका यात्रुहरूको अचानक भीडका कारण शनिबार नयाँ दिल्ली रेल स्टेशन(स्थानक)मा भएको भागदौडमा ११ महिला र पाँच बालबालिका सहित कम्तीमा १८ जनाको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा एक दर्जनभन्दा बढी घाइते भएका छन्।
एक अधिकारीका अनुसार रेल समात्न पुलबाट मुनि झर्दै प्लेटफर्म नम्बर (मञ्जक संख्या )१४ र १५ तर्फ सिँढी प्रयोग गर्दै ओर्लिरहेका केही व्यक्तिहरू चिप्लिएर अरूमाथि लडे । रेल विभागलेले “दुर्भाग्यपूर्ण घटना” को उच्चस्तरीय अनुसन्धानको आदेश दिएको बताएको छ।
राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीले ज्यान गुमाउनेप्रति समवेदना व्यक्त गरेका छन् ।
पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले भागदौडमा ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै मानिसहरूको सुरक्षाको लागि सावधानीपूर्वक योजना र व्यवस्थापनको आवश्यकतामा जोड दिएकी छिन् ।
भागदौडको अनुसन्धान गर्न गठित दुई सदस्यीय समितिले आइतबार जाँच गर्न र प्रमाण सङ्कलन गर्न थालेको भारतीय रेल बिभागका एक अधिकारीले बताए।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस प्रवक्ता सुप्रिया श्रीनातेले रेलमन्त्रीले राजीनामा दिनु पर्ने बताइन । गत शनिबार राति नयाँ दिल्ली रेलवे स्टेशन( स्थानक)मा भएको भागदौडमा १८ जनाको मृत्यु भएको हो ।
प्रतिक्रिया