अमेरिकाको राजधानी डिसी महानगर क्षेत्रमा संचालन हुने एक रेलमा यौन दुर्व्यवहार गरेको आरोपमा डिसीका एक पुरुषलाई ४५ महिनाको कारागार सजाय सुनाईएको छ ।
अमेरिकी वकिल एडवर्ड आर. मार्टिन जुनियरका अनुसार अप्रिल १६, २०२३ मा बिहान ९:३० बजे डिसी क्षेत्रको ग्यालरी प्लेस मेट्रो स्टेशन(महानगर स्थानक)मा उक्त घटना भएको बताए । घटना पछि प्रहरीहरु त्यहाँ पुगेका थिए ।
एबिसी७ न्यूजका अनुसार महिला सुइटल्याण्ड रेल स्टेशन(स्थानक) मा ग्रिन लाइन रेलमा चढेकी थिइन्। प्रहरीका अनुसार ३७ वर्षीय एन्थोनी गार्नर महिलाको ठीक विपरीत बसे।
अभियोजनका अनुसार पीडितले प्रतिवादीलाई अनुपयुक्त व्यवहारमा संलग्न भएको देखिन । गार्नरले आफ्नो अश्लिलता प्रदर्शन जारी राखे । यद्यपि रेल अर्को स्टेशन(स्थानक) नजिक पुग्दा उनी पीडितको छेउमा फर्किए र दुर्ब्यबहार जारी राखे।
जब पीडित र अर्की महिला यात्रुले निस्कने प्रयास गरे, गार्नरले उनीहरूको बाटो रोके। उनले धम्की दिदै पीडितलाई जान नदिने गरि बाटो छेके । गार्नरले अर्को यात्रुलाई जान दिए तर पीडितलाई रोके । उनको नितम्ब समातेर रेलबाट बाहिर निस्कनबाट रोकेको उनले प्रहरीलाई बताइन्।
रेल फोर्ट टोटन स्टेशन(स्थानक)मा आइपुग्दा गार्नरले गुप्तअङ्ग देखाए र पीडितलाई आक्रमण गरे। अर्को स्थानक(स्टेशन) मा पुगेपछि पीडित र गार्नर दुवै रेलगाडीबाट बाहिर निस्के। पीडितले तुरुन्तै प्रबन्धकलाई आक्रमणको बारेमा जानकारी गराइन
जसले महानगर पारगमन प्रहरी विभागलाई सम्पर्क गरे । गार्नर विपरीत दिशामा जाँदै गरेको रेलमा चढे महानगर पारगमन प्रहरी विभागका अधिकारीहरूले उनलाई फेला पारे। पीडितले उनलाई पहिचान गरिन र उनि पक्राउ परेका थिए ।
प्रतिक्रिया