नयाँ दिल्ली रेलवे स्टेशन(रेलस्थानक)मा भागदौड हुँदा १७ जनाको मृत्यु भएको छ ।
भारतको राजधानी नयाँ दिल्लीको रेलस्थानकमा भागदौड हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको भारतीय संचार माध्यम तथा एक उच्च अधिकारीले बताएका छन् ।
दिल्लीका कामचलाउ मुख्यमन्त्रीका अनुसार शवहरू राजधानीको लोक नायक जयप्रकाश नारायण अस्पतालमा ल्याइएको छ ।
शनिबार राति भागदौड हुँदा हजारौं मानिसहरू नयाँ दिल्ली रेल स्टेशन( रेलस्थानक)मा भेला भएर उत्तरी भारतमा महाकुम्भ हिन्दू उत्सव स्थलमा रेल चढ्न पर्खिरहेका थिए।
प्रधानमन्त्री नरेन्द्र मोदीले “भागदौडबाट दुःखी” भएको बताए। प्रधानमन्त्री मोदीले आफ्ना प्रियजनहरू गुमाएका परिवार प्रति शोक व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । रेलवे मन्त्री अश्विनी वैष्णवले भागदौड के कारणले भयो भनेर पत्ता लगाउन अनुसन्धानको आदेश दिइएको बताए।
गत महिना छ हप्ता लामो उत्सवमा लाखौं हिन्दूहरू पवित्र नदीको पानीमा डुब्न भेला भएपछि भएको भागदौडमा कम्तिमा ३० जनाको मृत्यु भएको थियो।
प्रतिक्रिया