अस्ट्रियामा एक व्यक्तिले ५ जना बटुवाहरूलाई जथाभावी छुरा प्रहार गर्दा १४ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
दक्षिणी अस्ट्रियामा शनिबार एक २३ वर्षीय युवकले पाँच जना बटुवाहरूलाई छुरा प्रहार गरेको प्रहरीले जनाएको छ। जसमा १४ वर्षीय बालकको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।
आक्रमण भएको ठाउँ भिलाच शहर हो भने संदिग्ध व्यक्तिलाई हिरासतमा लिइएको प्रहरीले जनाएको छ। उनी अस्ट्रियामा कानुनी रूपमा बसोबास गर्ने सिरियाली नागरिक हुन् । प्रहरीका अनुसार पीडितहरू सबै पुरुष भएको र दुई जना गम्भीर घाइते भएका छन् दुई जना सामान्य घाइते भएका छन् ।
प्रहरी प्रवक्ता रेनर डिओनिसियोले कारण तुरुन्तै थाहा नभएको बताए। प्रहरीले आक्रमणकारीको व्यक्तिगत पृष्ठभूमिको अनुसन्धान गरिरहेको छ,उनले भने।
अस्ट्रियाली प्रान्त कारिन्थियाका गभर्नर पिटर कैसरले १४ वर्षीया पीडित बालिकाको परिवारप्रति समवेदना व्यक्त गरेका छन् । अस्ट्रियाका गृहमन्त्री गेरहार्ड कार्नर आइतबार बिहान भिलाचमा आउने अपेक्षा गरिएको छ ।
अस्ट्रियाको गृह मन्त्रालयका अनुसार २०२४ मा २४,९४१ विदेशीले अस्ट्रियामा शरणार्थीका लागि आवेदन दिएका थिए। आवेदकहरूको सबैभन्दा ठूलो समूह सिरियाबाट आएको थियो भने त्यसपछि अफगानिस्तानको रहेको छ। विगत दुई वर्षमा, शरण खोज्नेहरूको संख्या उल्लेखनीय रूपमा घटेको छ। सिएनएनले जनाए अनुसार २०२२ मा आवेदनहरू १००,००० भन्दा बढी पुगेका थिए ।
प्रतिक्रिया