अकामा होटलमा कार्यक्रम सुरु हुनुभन्दा केही पहिले कोठाबाट झर्छौं । काठमाडौँको धुम्बाराहीमा रहेको होटल खोज्न हामीलाई किन कुनै झमेला झन्झट परेको हुँदैन भने गौरबाट काठमाडौँ हुँदै बनेपासम्म जाने सार्वजनिक नाइट बसबाट झरेकै ठाउँबाट देखिन्छ अकामा होटल । आज बिहान मात्र आइपुगेका छौँ होटलमा । कार्यक्रम पनि आजै रहेको छ ।
काठमाडौँमा हुने कार्यक्रमको लागि हामी रौतहटबाट कमै आउँछौँ । काठमाडौँ आएको बेला कार्यक्रम परेको छ र समय छ भने सहभागीसम्म हुने गरेका छौँ तर यसपटक भने कार्यक्रमकै लागि काठमाडौँ आइपुगेका छौँ ।
हुन त हामीलाई काठमाडौँको लागि यातायातको व्यवस्था गरिएको थियो तर विविध कारणले समूहमा सहभागी भएर काठमाडौँ आउन सकिएन । समूहमा आउनुपर्दा हिजो साँझसम्म नै आइपुगेका हुन्थ्यौँ रमाइलो गर्दै तर हिजो साँझ हिँडेर आज बिहान काठमाडौँको चक्रपथमा झरेका हौँ म र किशुनदयाल श्रीकृष्ण ।
हामी निम्त्याइनुपर्ने कुनै कारण नै थिएन । तर, निम्त्याइनुमा एउटा अल्झो के हुन सक्छ भने मैले अग्रज साहित्यकार विश्वराज अधिकारीको विशेष अभिरुचिका कारण मैले डा. विजय झाका पिता महानन्द झासमेतको अग्रसरतामा बरहथवा बजारको सन्दर्भलाई जोडेर एउटा अनुसन्धानमूलक पुस्तक लेखेको छु ।
कार्यक्रमको आयोजकमा हुनुहुन्छ डा. विजय झा । डा. झाले, मैले सुनेसम्म, हरेक वर्ष गर्दै आउनु भएको छ – गुरु सम्मान कार्यक्रम । यसभन्दा पहिले बरहथवामा भएको मैले थाहा पाएको थिएँ । अझ पहिले पनि कार्यक्रम भएको हुनुपर्छ । मसितको कुराकानीमा डा.झाले कुन्नि कहिले हो, भन्नु भएको थियो – हरेक वर्ष हुन्छ गुरु सम्मान कार्यक्रम ।
यही कार्यक्रम यसपटक हुँदैछ काठमाडौँस्थित होटल अकामामा । अनि कार्यक्रमका लागि आएका हामी बसेका छौँ यहीँ होटलको एक कक्षमा । निर्धारित समय भइसकेपछि सर्लाहीका साहित्यकार तथा डा. झाका गुरु राजेन्द्र ठाकुरको कोठामा पुग्छौँ । ठाकुरसित हामी निकै पहिलेदेखि परिचित हौँ । पहिले पनि हामी सँगै जाने सहमति गरिसकेका हुन्छौँ । अनि एकापसमा कुराकानी गर्दै कार्यक्रमको लागि निर्धारित अकामा होटलको हलमा झर्छौँ । हलमा खासै धेरै मानिसहरुको आगमन भइसकेको छैन तर मानिसहरुको आगमन विस्तारै भइरहेको छ ।
अनि विस्तारै फेरि हलतिर जाने वातावरण बनिरहेको छ । हलमा तयारी भइरहेको कार्यक्रमको कार्यक्रमको दुई भाग छ : गुरु सम्मान र पुस्तक लोकार्पण । हामी केवल साक्षी छौँ । गुरु सम्मानप्रति अत्यधिक उत्सुक छु ।
अवसर पनि हुन्छ कार्यक्रम सुरु हुनुभन्दा केही पहिलो, केही मानिसहरुसित चिनजान गर्ने र पुरानो चिनजानलाई नवीकरण गर्ने । यस प्रकारको अवसरको सदुपयोग गर्दै आएको छु । केही पुरानै चिनजानका मानिसहरुसित नवीकरण गर्न पाउँछु र केही नयाँ अनुसारहरुसित पनि परिचित हुन्छु ।
भव्य हलमा विस्तारै मानिसहरु भरिन थालेको हुन्छ, अनि समय सुरु हुन्छ खाजाको । खाजा खाएर कार्यक्रम गर्ने जानकारी प्राप्त भएपछि खाजाको समयमा त चिनापर्चीको क्षेत्र विस्तार गर्ने अवसर हुन्छ । यहाँ भेटिन्छन् डा. रामजी राम । उनी चर्चित डाक्टर हुन् । विद्यार्थी हुँदाको अवस्थामा नै धेरै संघर्षको कथा बाहिरिएका थिए । उनीसित मेरो निकै पुरानो चिनजान यसकारण पनि छ कि मैले पढाउने विद्यालयका उनी विद्यार्थी थिए र मैले पनि पढाउने मौका पाएको छु । साथै उनलाई डेराको समस्या हुँदादेखि पढाइका अन्य समस्यामा पनि सहयोग गर्ने गराउनेमा म पनि थिएँ । राम्रा लेखक पनि हुन् । मेरो भर्खरै प्रकाशित बुद्ध महाकाव्यप्रति उनी चासो दिएका थिए । उनलाई एक पुस्तक उपहार पनि दिन्छु । बुद्ध, बुद्धत्व र अन्य समसामयिक विषयमा छलफल हुन्छ । खाजा चिया खाँदै अन्य केही साथीहरुसित सान्दर्भिक कुराकानी गरिररहेका हुन्छौँ । अनि विस्तारै फेरि हलतिर जाने वातावरण बनिरहेको छ । हलमा तयारी भइरहेको कार्यक्रमको कार्यक्रमको दुई भाग छ : गुरु सम्मान र पुस्तक लोकार्पण । हामी केवल साक्षी छौँ । गुरु सम्मानप्रति अत्यधिक उत्सुक छु ।
गुरु पूर्णिमा होइन तर अमेरिकाको ह्युस्टनमा रहेर इन्जिनिरिङ पेसामा जमेका डा. विजय झा र उनका भाइ सुनिलकुमार झाले आफूहरुलाई पढाएका गुरुहरुलाई सम्मान गर्न रोजेको २८ डिसेम्बर २०२४ को यो दिन साँच्चिकै गुरुमय वा गरिमामय बन्न पुगेको छ । विद्यालय तथा क्याम्पसमा पढाउने गुरुहरुलाई एकसाथ काठमान्डुमा सम्मान गर्न पाउँदा दाजुभाइ निकै प्रफुल्लित छन् । पूरै आयाम नै प्रफुल्लित देखिन्छ, यसकारण कि अहिलेको समयमा गुरुहरुको गरिमा वृद्धि भएको, ओज र तापमा उच्चता आएको अनुभव गरिँदैछ । कार्यक्रमको मुख्य अंश नै गुरुहरुलाई सम्मान गर्ने तथा दोस्रो खण्डमा पुस्तक विमोचन हुने राखिएको छ । पुस्तक विमोचन त धेरै ठाउँमा भइरहन्छ, यद्यपि यस पुस्तकको विशेष महत्व रहेको छ । सबैभन्दा महत्वपूर्ण क्षण रहेको गुरु सम्मान नै ।
दाजुभाइमध्ये अलिकति भए पनि म निकट छु डा. विजय झासित । म्यासेन्जरमा धेरैपटक उहाँले कुराकानी गर्नुहुँदा मैडम रेणु गुप्तासमेतलाई लिएर कार्यक्रममा आउनैपर्छ भन्नु भएको थियो तर घरलाई पूर्णतः खाली पारेर जाने कतै जाने कुरा हुँदैन । म क्षतिपूर्तिको लागि काठमाडौँमा नै रहेकी छोरीलाई बोलाएको छु । छोरी पनि कार्यक्रममा सहभागी भएर केही सिक्ने मौका पाएकीमा दंग छे । मलाई यो पनि लाग्छ कि कहिलेकाहीँ घरपरिवारका सदस्यहरुलाई पनि सार्वजनिक कार्यक्रमहरुमा सहभागी गराउनुपर्छ । आफ्ना सन्तानहरुलाई पनि असल ज्ञान र शिक्षा दिने तथा जीवनमा प्रेरणा प्राप्त हुने कार्यक्रमहरुमा सहभागी गराइँदा धेरै किसिमका व्यावहारिक ज्ञान प्राप्त गर्न सजिलो हुन्छ । डा. झाका अनन्य मित्र साहित्यकार विश्वराज अधिकारीसितको सल्लाहमा छोरीलाई कार्यक्रममा सहभागी गराएको छु ।
वैदिक मन्त्रोच्चारका साथ कार्यक्रमको शुभारम्भ हुन्छ । गुरु वन्दनाले वाणी पाउँदा हलभरि यस्तो लाग्दछ कि एक किसिमको गुरुमय तरंगको ओज विस्तार भएको छ । हरेकले आफ्ना गुरुप्रति श्रद्धानत भएको क्षण बन्दछ । अनि विस्तारै झाका गुरुहरुको आसनग्रहण हुन्छ मञ्चमा । केवल गुरुहरुलाई मात्र आसनग्रहण गराइएको र गुरुसित सम्बन्धित विभिन्न वाणीहरुले गुरुबारे गरिएका प्रशस्तीले साँच्चिकै गुरुलाई ब्रह्मा र विष्णुकै समीपमा पु¥याएको अनुभूति हुन्छ । ज्ञात, अज्ञात आफ्ना गुरुजनप्रति श्रद्धाको चरमावस्था सिर्जना हुनु तथा कहिलेकाहीँ आफू पनि शिक्षक भएकोमा मनमा सन्तोषको भाव जाग्नुजस्ता भावहरुको सम्मोहनले भरिन्छ मन । हलभरिका मानिसहरुमा यही भावना भरिएको हुनुपर्छ । अगाडि गुरुरुपी देवताहरुको दर्शन गरिरहेका मानिसहरुमा कुनै चहलपहल देखिँदैन ।
गुरु पूर्णिमा होइन तर अमेरिकाको ह्युस्टनमा रहेर इन्जिनिरिङ पेसामा जमेका डा. विजय झा र उनका भाइ सुनिलकुमार झाले आफूहरुलाई पढाएका गुरुहरुलाई सम्मान गर्न रोजेको २८ डिसेम्बर २०२४ को यो दिन साँच्चिकै गुरुमय वा गरिमामय बन्न पुगेको छ । विद्यालय तथा क्याम्पसमा पढाउने गुरुहरुलाई एकसाथ काठमान्डुमा सम्मान गर्न पाउँदा दाजुभाइ निकै प्रफुल्लित छन् ।
लहरै गुरुहरुलाई आसन ग्रहण गराइएपछि गुरुहरुलाई क्रमशः सम्मान गर्ने काम हुन्छ । सम्मानको पनि विशेष अवसर छ । अंगवस्त्र, विशेष किसिमको ढकिया, चलनचल्तीबाट हराइसकेको बटुवा अनि सम्मानपत्र । अलिकति पत्रमपुष्पम पनि हुन्छ जुन अन्यान्यलाई जानकारी हुन पाउँदैन । गुरुदक्षिणाको गोप्यता सर्वस्वीकार्य मानिन्छ । गुरुहरुको गद्गद मुहार देखेर व्यस्तताबिच पनि डा.झाको मुहारमा दिव्य आभा मुस्कुराइरहेको देख्छु । अनि जब अलिकति मन्तव्यको शिलशिला चल्दछ तब गुरु सम्मान कार्यक्रमको भन्दा पनि गुरुहरुको मन्तव्य सुनेर उपस्थित विशिष्टजन द्रविभूत बन्दछन् । गुरुहरुको सम्मान कार्यक्रममा गुरुहरुबाट शिष्यहरुको जुन यशगान हुन्छ, शिष्यहरुको जुन प्रशंसा हुन्छ, कुनै मञ्चबाट सम्भवतः न भूतो हुन्छ । सबै गुरुहरुले मुक्तकण्ठले दुवै शिष्यको प्रशंसा गरिरहेको क्षण साँच्चिकै अत्यन्तै विशिष्ट हुन्छ । सम्पूर्णतः निःस्वार्थ किसिमले आफ्ना गुरुहरुको सम्मान गरिएको क्षणमा गुरुबाट पाइएको आशीर्वचनरुपी अमृत वाणीले झा परिवार धन्य भएको छ । सबै गुरुहरुको करिब उस्तै भनाइ रहेको छ – यस्तो शिष्य कतै देख्न पाइएन, यस्ता शिष्यहरुको निरन्तर प्रगति भइरहोस्, गुरु भएर आशीर्वाद दिन पाउने सम्पूर्ण हकमा यी शिष्यहरुको सर्वोच्च अधिकार रहेको छ । धन्य छन् यी शिष्यहरु, जसलाई शिक्षा दिने हामी गुरुहरुलाई धन्य बनाए ।
जति धेरैले कार्यक्रमको प्रत्यक्ष अनुभूति गर्न पाए, तिनीहरुमा पनि आफ्ना गुरुप्रति श्रद्धा र सम्मानको भाव अझ बढेको छ र शिक्षाको क्षेत्रमा कार्यरत रहेकाहरुलाई अझ आफ्नो कर्ममा इमानदार हुने प्रेरणा पनि दिएको छ । यसैले यो कार्यक्रमको महत्ता धेरै रहेको छ र डा. झा साँच्चिकै बधाई र उच्च सम्मानका पात्र हुन् । म पनि यस दिव्य कार्यक्रमको साक्षी बन्ने अवसर पाएको छु, मलाई लाग्छ,
कार्यक्रम भएको केही महिना बितिसकेको छ । हामी आफ्नो दुनियादारीमा लागिसकेका छौँ । डा. विजय झा झन् अति व्यस्त हुनुहुन्छ । अमेरिकामा व्यस्त नहुने कुरै भएन तर डा. झासमेतको परिवारले आधुनिक युगमा गुरुको गरिमालाई अझ विस्तार गर्न जुन परम्परा बसालेको छ त्यो अदभुत छ । आफ्नै खर्चमा काठमाडौँ पु¥याउनु, स्तरीय होटलमा कार्यक्रम राख्नु, त्यहाँ खाने–बस्ने व्यवस्था मिलाउनु तथा गुरुहरुलाई उपहार प्रदान गर्नु र ससम्मान फिर्ता पठाउने व्यवस्था गर्नु चानचुने काम होइन । जति धेरैले कार्यक्रमको प्रत्यक्ष अनुभूति गर्न पाए, तिनीहरुमा पनि आफ्ना गुरुप्रति श्रद्धा र सम्मानको भाव अझ बढेको छ र शिक्षाको क्षेत्रमा कार्यरत रहेकाहरुलाई अझ आफ्नो कर्ममा इमानदार हुने प्रेरणा पनि दिएको छ । यसैले यो कार्यक्रमको महत्ता धेरै रहेको छ र डा. झा साँच्चिकै बधाई र उच्च सम्मानका पात्र हुन् । म पनि यस दिव्य कार्यक्रमको साक्षी बन्ने अवसर पाएको छु, मलाई लाग्छ, म पनि धन्य भएको छु ।
पत्रकार/लेखक
प्रतिक्रिया