अमेरिकाको टेनेसीका एक व्यक्तिलाई फिजीमा हनीमून(आनन्दमास या प्रमोदकाल ) को समयमा श्रीमतीको हत्या गरेकोमा आजीवन कारावास सुनाईएको छ ।
मेम्फिस, टेनेसीका ४० वर्षीय ब्राडली रोबर्ट डसनलाई २०२२ मा फिजीमा आफ्नो श्रीमती ३६ वर्षीया क्रिस्टी चेनको हत्या गरेकोमा आजीवन कारावासको सजाय सुनाइएको छ। डसनले कम्तीमा १८ वर्ष कारागार सजाय बिताउनुपर्नेछ त्यसपछि मात्रै प्यारोल( कारावकाश)को लागि योग्य हुनेछन्। यो दुखद घटना दम्पतीको आगमनको दुई दिनमै विशेष टर्टल टापुमा भएको थियो।
चेनको शव रिसोर्ट(आश्रयस्थल)का कर्मचारीहरूले उनको टाउकोमा धेरै चोट लागेको अवस्थामा फेला पारेका थिए। डसन कायक चढेर घटनास्थलबाट भागेका थिए र पछि निर्दोष रहेको दाबी गरेका थिए।
आठ दिनको सुनुवाईको क्रममा बचाव पक्षले पर्याप्त प्रमाण नभएको र डसनमा कुनै चोटपटक नभएको तर्क गर्यो। यद्यपि, न्यायाधीशले डसनको डरलाग्दो व्यवहार, घटनास्थलबाट भागेको लगायतका कुराहरू उल्लेख गरे र उनलाई दोषी ठहर गरे।
आजीवन कारावासको सजायमा कम्तीमा १८ वर्षको अवधि हुन्छ, त्यसपछि डसन प्यारोल(कारावकाश)को लागि आवेदन दिन सक्ने छन् । फिजीको कारावकाश प्रक्रिया जटिल छ भने रिहाईको कुनै प्रत्याभूति नभएको एबिसीन्यूजले जनाएको छ ।
डसनका वकीलले पुनरावेदन जाने संकेत गरेका छन् ।
प्रतिक्रिया