तीन इजरायली बन्धकहरू मुक्त

इनेप्लिज २०८१ फागुन ३ गते ११:४३ मा प्रकाशित

हमासले तीन इजरायली बन्धकहरूलाई मुक्त गरेको छ ।

यस हप्ता भएको विवादले सम्झौतालाई भंग गर्ने खतरा भएपछि इजरायल र हमासबीचको युद्धविराम सम्झौता अन्तर्गत तीन इजरायली बन्धकहरूलाई गाजाबाट मुक्त गरिएको छ।

आज मुक्त हुनेहरुमा अमेरिकी-इजरायली सागुई डेकेल-चेन, रूसी-इजरायली अलेक्जान्ड्रे ट्रुफानोभ र अर्जेन्टिना-इजरायली इयर हर्नलाई स्थानीय समय अनुसार बिहान १० बजे (बिहान ३ बजे पूर्वीय समय ) दक्षिणी गाजाको खान युनिसमा युद्धविराम अन्तर्गत छैटौं आदानप्रदानमा रिहा गरिएको छ ।

उनीहरूलाई हमासका बन्दुकधारीहरुले बिगत झैँ बन्धकहरूलाई मंचमा पुर्‍याएका थिए । बन्दीहरूले भीडलाई सम्बोधन गरेका थिए। सिएनएनका अनुसार रिहा भएका पुरुषहरू अघिल्लो हप्ता रिहा गरिएका तीन बन्धकहरू भन्दा राम्रो स्वास्थ्यमा देखिन्थे।

तेल अभिभको होस्टेज स्क्वायरमा पर्चा बोकेका मानिसहरूले रिहाइको प्रत्यक्ष रुपमा हेरी रहेका थिए । किबुट्ज निर ओजमा तीनै जनालाई बन्धक बनाईएको थियो ।

इजरायलले यसको बदलामा सयौं प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न थालेको छ। प्यालेस्टिनी कैदी समाजका अनुसार ११ प्यालेस्टिनी कैदीहरूको समूहलाई कब्जा गरिएको वेस्ट बैंकमा रिहा गरिएको थियो। प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीका अनुसार रिहाइ भएपछि चार कैदीहरूलाई अस्पताल लगिएको थियो।

इजरायली कारागार सेवाले कुल ३६९ प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने अपेक्षा गरिएको छ । प्यालेस्टिनी कैदी समाजले दिएको जानकारी अनुसार जसमध्ये ३३३ जनालाई हमासको नेतृत्वमा अक्टोबर ७, २०२३ मा इजरायलमा भएको आक्रमणपछि उनीहरुलाई गाजामा पक्राउ गरिएको थियो। यो आदानप्रदानको क्रममा रिहा गरिएको प्यालेस्टिनी कैदीहरूको संख्या अहिलेसम्मकै सबैभन्दा ठूलो हुनेछ।

प्रतिक्रिया