अमेरिकी सिनेटद्वारा रोबर्ट एफ. केनेडी जुनियरलाई स्वास्थ्य तथा मानव सेवा विभागको सचिवमा अनुमोदन 

इनेप्लिज २०८१ फागुन १ गते १७:५९ मा प्रकाशित

अमेरिकी सिनेटले ५२-४८ को मतले रोबर्ट एफ. केनेडी जुनियरलाई स्वास्थ्य तथा मानव सेवा विभागको सचिवका रूपमा अनुमोदन गरेको 

रिपब्लिकनका एक वरिष्ठ  सिनेटर मिच म्याकोनेल डेमोक्र्याटहरूसँग मिलेर उनको विपक्षमा मतदान गर्ने एक मात्र रिपब्लिकन भए। उनि जो बाल्यकालमा पोलियो संक्रमित थिए, उनले केनेडीलाई “यो पदको लागि सबैभन्दा योग्य व्यक्ति प्रमाणित गर्न असफल” भएको बताए। उनले केनेडीको खोपसम्बन्धी विचारप्रति असहमति जनाए।

७१ वर्षीय केनेडी वातावरणविद् कानुनी अधिवक्ता र खोपविरोधी अभियन्ता हुन्। 

पूर्व राष्ट्रपति जोन एफ. केनेडीका भतिज तथा पूर्व एटर्नी जनरल ( महान्यायधिवक्ता) रोबर्ट एफ. केनेडीका छोरा केनेडीले २०२३ मा राष्ट्रपतिको उम्मेदवारी घोषणा गरे। 

सुरुमा डेमोक्र्याटिक दलबाट चुनाव लड्ने प्रयास गरे पनि पछि स्वतन्त्र उम्मेदवार बने। तर, अगस्टमा उनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिए।

राजनीतिमा प्रवेश गर्नुअघि उनले दुई दशकसम्म वाटरकीपर एलायन्स( गठवन्धन) अध्यक्षको रूपमा काम गरे। उनले ‘चिल्ड्रेन हेल्थ डिफेन्स अर्थात बालबालिका स्वास्थ्य रक्षा नामक संस्था स्थापना गरे,जसले खोपसम्बन्धी कानुनी चुनौतीहरू दायर गरेको छ। 

केनेडीकी पत्नी अभिनेत्री चेरिल हाइन्स हुन्, र ,उनका छ जना सन्तानहरु छन्।

प्रतिक्रिया