न्युयोर्कका महान्यायाधिवक्ता जेम्सले दिईन ट्रम्प प्रसाशनको न्याय विभागको मुद्धाको जवाफ

इनेप्लिज २०८१ फागुन १ गते ११:३३ मा प्रकाशित

न्युयोर्कका महान्यायाधिवक्ता लेटिसा जेम्सले ट्रम्प प्रसाशनको न्याय विभागको मुद्धाको जवाफ दिएकी छिन् ।

न्युयोर्ककी महान्यायाधिवक्ता जेम्सले ट्रम्प प्रशासनको अवैध आप्रवासनमाथिको कारबाहीलाई समर्थन गर्न न्यूयोर्क विरुद्ध न्याय विभागको मुद्धाबाट आफ्नो राज्यको बचाउ गर्न तयार रहेको बताइन्।

“ग्रिन लाइट कानून सहित हाम्रा राज्य कानूनहरूले सबै न्यूयोर्कवासीहरूको अधिकारको रक्षा गर्छन् र हाम्रा समुदायहरूलाई सुरक्षित राख्छन्। म हाम्रा कानूनहरूको बचाउ गर्न तयार छु, जसरी म सधैं गर्छु,” जेम्सले बुधबार जारी गरिएको विज्ञप्तिमा भनिन् ।

ग्रिन लाइट कानूनले न्युयोर्कका बासिन्दाहरूलाई नागरिकता वा कानुनी स्थिति(लिगल स्टाटस)को पर्वाह नगरी चालक अनुमतिपत्र प्राप्त गर्न अनुमति दिने उनले बताइन ।

प्रतिक्रिया