अपील अदालतले ट्रम्प प्रशासनको वित्तीय रोक तत्काल पुनःस्थापनाको प्रयासलाई अस्वीकार गरेको छ ।
एक संघीय अपील अदालतले मंगलबार ट्रम्प प्रशासनको सो प्रयास अस्वीकार गर्यो । गत सोमबार रोड आइल्याण्डका एक न्यायाधीशले वित्तीय रोकलाई अवरुद्ध गर्दै सरकारलाई “तत्काल रोकिएको वित्तीय सहायता पुनःस्थापना गर्न” आदेश दिएका थिए।
मंगलबारको आफ्नो फैसलामा प्रथम अमेरिकी सर्किट कोर्ट अफ अपील्स(पुनरावेदन अदालत)का तीन न्यायाधीशको समूहले प्रतिवादीहरूले आफ्नो प्रशासनिक रोक अनुरोधलाई समर्थन गर्ने कुनै पनि अधिकार उद्धृत गरेका छैनन् भन्दै निर्णय दिएका छन् ।
न्याय विभागले अमेरिकी जिल्ला न्यायाधीश जोन जे. म्याककोनेलको प्रतिबन्धात्मक आदेशको दुई भिन्न रोकका लागि अनुरोध गरेको थियो।
सो आदेशले सरकारलाई वित्तीय सहायता रोक्ने कार्यान्वयन जारी राख्नबाट रोक लगाएको थियो। न्याय विभागका वकिलहरूले म्याककोनेलको आदेश अस्पष्ट रहेको तर्क गरेका थिए ।
सरकारको पूर्ण अपील विचाराधीन रहने अवस्थामा रोक राख्ने अनुरोध सम्बन्धी थप तर्कहरू दुवै पक्षले बिहीबारसम्म पेश गर्नुपर्ने जनाएको छ। प्रशासनले अपील अदालतलाई शुक्रबारसम्म यस अनुरोधमा निर्णय गर्न आग्रह गरेको छ।
यो कानुनी चुनौती २२ राज्यहरूको समूहद्वारा दायर गरिएको थियो ।
प्रतिक्रिया