ट्रम्पद्वारा पुटिनसँगको कुराकानी बारे कुनै विस्तृत जानकारी दिन अस्वीकार

इनेप्लिज २०८१ माघ २९ गते ११:३७ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले गत सोमबार ओभल कार्यालयमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको आफ्नो कुराकानीको बारेमा कुनै पनि विवरण दिन अस्वीकार गरेको एबिसीन्यूजले जनाएको छ ।

पुटिनसँग भेटघाटको तयारी भइरहेको छ कि छैन भनेर जिज्ञाशा राख्दा उनले विवरण दिन अस्विकार गरेका हुन् । उनले पत्रकारहरुलाई भने “म तपाईहरुलाई के कुरा गरिरहेको छु भन्न सक्दिन, तर हामी समूहको रूपमा पनि कुरा गरिरहेका छौं। मलाई लाग्छ उनी सम्झौता गर्न चाहन्छन्, तर एक हातले ताली नबज्ने उनले बताए ।

एबिसीन्यूजले जनाए अनुसार उनले पुटिनसँग व्यक्तिगत रूपमा कुरा गरेका छन् कि छैनन् भन्ने बारेमा कुनै थप स्पष्टीकरण दिएनन्।

राष्ट्रपतिले रूस-युक्रेन युद्धको लागत युरोपले जिम्मेवार लिनु पर्ने सुझाव दिँदै भने, “हामी धेरै टाढा छौं। तिनीहरूले तिर्दैनन, युरोपले हामीले तिरी रहेको कुरा तिर्नुपर्छ।”

ट्रम्पले दोहोर्‍याउदै भने उनी यस हप्ता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग कुरा गर्ने बताए ।

प्रतिक्रिया