क्यारिबियनमा ७.६ परिमाणको भूकम्प, सुनामी चेतावनी रद्ध

इनेप्लिज २०८१ माघ २७ गते २:१३ मा प्रकाशित

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार क्यारिबियन सागरमा शनिबार ७.६ परिमाण (म्याग्निच्युड)को भूकम्प गएको छ । भूकम्प आए पछि सुनामी आउने चेतावनी दिइएको थियो तर पछि त्यसलाई रद्ध गरिएको सिएनएनले जनाएको छ ।

केम्यान टापुको जर्जटाउनबाट १२९ माइल दक्षिणपश्चिममा शनिबार साँझ ६.२३ बजे भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण सेवाले जनाएको छ।

अमेरिकी राष्ट्रिय सुनामी चेतावनी केन्द्रले सुरुमा पुर्टो रिको र भर्जिन टापुहरूमा सुनामी आउने खतरा रहेको बताएको थियो। ती ठाउँका बासिन्दाहरूलाई पानीबाट बाहिर निस्कन, समुद्र तटबाट बाहिर निस्कन र बन्दरगाह, मरीना, खाडीहरूबाट टाढा जान र सुनामी हेर्न किनारमा नजाने सल्लाह दिइएको थियो।

तर केन्द्रले पछि सबै उपलब्ध तथ्याङ्कको मूल्याङ्कनको आधारमा भूकम्पले विनाशकारी सुनामी उत्पन्न नगरेको जनाएको छ ।

मेक्सिकोको इस्ला मुजेरेसमा ७.५२ बजे पूर्वीय समयमा ०.१ फिटको अधिकतम सुनामी छाल अवलोकन गरिएको थियो।.

प्रतिक्रिया