चीनको दक्षिणपश्चिमी क्षेत्रमा शनिबार ठूलो पहिरो गएपछि ३० भन्दा बढी मानिस बेपत्ता भएका छन्। देशको सिचुआन प्रान्तमा गएको पहिरोले १० घर पुरिएका छन्,
राष्ट्रपति सी जिनपिङले “सम्पूर्ण खोज र उद्धार प्रयास” गर्न आदेश दिएको चीनको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ। हालसम्म दुई जनालाई जीवितै भग्नावशेषबाट निकालिएको छ। मृत्यु हुनेको संख्या र घाइतेको अवस्था भने अझै स्पष्ट हुन नसकेको सिन्ह्वा बताएको छ ।
बेपत्ता भएकाहरूका अतिरिक्त २०० भन्दा बढीलाई सो क्षेत्रबाट अन्यत्र सारिएको सरकारी संचार माध्यमले जनाएको छ।
पहिरो जिनपिङ गाउँमा चीनको स्थानीय समयअनुसार बिहान ११:५० बजेतिर गएको थियो। यो गाउँ ४५ लाखभन्दा बढी जनसंख्या भएको यिबिन शहरको एक भाग हो।
चीनका संघीय अधिकारीहरूले उद्धारकर्ताहरूलाई पहिरोको कारण तुरुन्तै पत्ता लगाउन र थप कुनै भौगोलिक खतरा छ कि छैन भनेर निर्धारण गर्न आग्रह गरेका छन्।
अधिकारीहरूले प्रकोपको प्रतिक्रियामा ४०० भन्दा बढी आपतकालीन कर्मचारी, १०० वटा सवारी साधन र ७५ वटा उपकरणहरू परिचालन गरेका छन्।
सिन्ह्वाका अनुसार सीले स्थानीय र क्षेत्रीय राजनीतिज्ञहरूलाई “बेपत्ता भएका मानिसहरूको खोजी र उद्धार गर्न, हताहतलाई कम गर्न र घटनापछिको उचित व्यवस्थापन गर्न हरसम्भव प्रयास गर्न” आग्रह गरे।
प्रतिक्रिया