हमासले थप ३ इजरायली बन्धकहरूलाई रिहा गरेको छ । एबिसीन्यूजका अनुसार परिवारसँग पुनर्मिलन गर्नुअघि उनीहरूको स्वास्थ्य परीक्षण गरिनेछ।
शनिबार बिहान युद्धविराम सम्झौताको एक भागको रूपमा थप तीन इजरायली बन्धकहरू मध्ये एली शाराबी, ओर लेवी र ओहद बेन अमीको रिहाइको लागि हमासका लडाकुहरू मध्य गाजा भूभागको देइर अल-बलाह शहरमा भेला भए।
हस्तान्तरण अघि हस्ताक्षर समारोहको लागि दुई रेडक्रस अधिकारीहरू हमास लडाकुसँग मंचमा देखा पर्दा नेतान्याहूको अनुहारको तस्बिर सहित मंचमा एउटा ध्वजा (ब्यानर )राखिएको थियो ।
त्यसपछि तीन इजरायली बन्धकहरू ओहद बेन अमी, एली शाराबी र ओर लेवीलाई हमासका लडाकुहरूले गाडीबाट एक-एक गरी बाहिर निकालेर मंच मा ल्याए। तीनै जना हिँड्न र उभिन सक्षम भए।
मञ्चमा इजरायली बन्धकहरूको अन्तर्वार्ता लिएपछि हमासका लडाकुहरूले बन्धकहरूलाई तीनवटा रेडक्रस गाडीमा राखेर लगे।
रेडक्रसले दिएको जानकारी अनुसार, तीन जना बन्धकहरूलाई तिनीहरू गाजा भूभागमा रहेको आईडिएफ र आइएसए सेनामा लगिएको इजरायल रक्षा बल र इजरायल सुरक्षा निकायको संयुक्त विज्ञप्तिमा जनाए । सबैलाई उनीहरुको परिवारसँग भेट गराईने बताइएको छ ।
इजरायल रक्षा बलका प्रवक्ताको इकाइले सबैलाई फर्केका बन्धकहरू र उनीहरूका परिवारहरूको गोपनीयताको सम्मान गर्न आग्रह गरेको छ ।
शनिबार भएको यो पाँचौं चरणको आदानप्रदानमा ओहद बेन अमी, एली शाराबी, र ओर लेवीलाई रिहा गरिएको छ। उनीहरू ४९१ दिनको बन्दी जीवनपछि रिहा भएका हुन् ।। यससँगै धेरै प्यालेस्टिनी कैदीहरू पनि रिहा गरिनेछन्।
५६ वर्षीय ओहद बेन अमी ७ अक्टोबर २०२३ मा उनको किबुत्ज बेएरीस्थित घरबाट अपहरणमा परेका थिए। उनकी पत्नी राज बेन अमी पनि अपहरणमा परेकी थिइन् तर नोभेम्बर २०२३ मा युद्धविरामको क्रममा उनलाई रिहा गरिएको थियो।
५२ वर्षीय शाराबी पनि किबुत्ज बेएरीस्थित घरबाट अपहरणमा परेका थिए। किबुत्जका अनुसार उनकी पत्नी र छोरीहरूलाई ७ अक्टोबरमा हत्या गरिएको थियो। उनका भाई योस्सी शाराबी, जो अपहरणमा परेका थिए, गाजामा मृत्यु भएको र उनको शव अझै त्यहीं रहेको इजरायली सेनाले जनाएको छ।
३४ वर्षीय ओर लेवी ७ अक्टोबरमा नोभा संगीत महोत्सवमा सहभागी भइरहेका बेला अपहरणमा परेका थिए। उनकी पत्नी एयनाव सोही आक्रमणमा मारिएकी थिइन्।
प्रतिक्रिया