सगरमाथा आधार शिविरमा अन्तर्राष्ट्रिय खाना महोत्सव हुने, विश्व कीर्तिमानी पार्कर खेलाडी दिनेश सुनार सद्भावना दूत नियुक्त

सन्जोग आचार्य २०८१ माघ २५ गते २३:१८ मा प्रकाशित

सन्जोग आचार्य न्यूयोर्क – गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा २१ पटक विश्व कीर्तिमान राखिसकेका पार्कर खेलाडी दिनेश सुनार ‘सगरमाथा आधार शिविर अन्तर्राष्ट्रिय खाना महोत्सव २०२५’ का सद्भावना दूत नियुक्त भएका छन्। न्यूयोर्कमा आयोजित एक विशेष कार्यक्रममार्फत यो घोषणा गरिएको हो। उक्त महोत्सव यात्रा ग्रुप र खाना पर्यटन संघको आयोजनामा तथा नेपाल पर्यटन बोर्ड को सहकार्यमा सम्पन्न हुनेछ।

यस ‘एभरेस्ट बेस क्याम्प ट्रेक, माउन्ट एभरेस्ट ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ तथा सेभेन समिट अल्पाइन फुड फेस्टिवल’ को सद्भावना दूतको रूपमा दिनेश सुनारले भूमिका निर्वाह गर्नेछन्। विशेष समारोहका दौरान यात्रा ग्रुपका उपाध्यक्ष राम थापाले दिनेश सुनारलाई औपचारिक रूपमा राजदूत नियुक्तिको प्रमाणपत्र प्रदान गरे। यो विशेष यात्रा खुम्बु उपत्यकाबाट हुँदै एभरेस्ट बेस क्याम्पसम्म पुर्‍याउँछ, जहाँ विश्वप्रसिद्ध सेफहरूले उच्च उचाइमा विशेष खाना तयार गर्नेछन्।

सहभागीहरूले हिमालयको सुन्दर दृश्य, शेर्पा संस्कृतिको अनुभव र अद्वितीय पाककला चुनौतीको मज्जा लिन सक्नेछन्। सुरक्षा हाम्रो प्राथमिकता हो। अनुभवी गाइड, पोर्टर, र चिकित्सा टोलीले सम्पूर्ण यात्रामा साथ दिनेछन् फुड गुरु सुरेश चन्द्र बस्नेतले आज भन्नुभयो । कार्यक्रमको मुख्य आकर्षण यो विशेष यात्रा खुम्बु उपत्यकाबाट एभरेस्ट बेस क्याम्पसम्म पुर्‍याउनेछ, जहाँ विश्वप्रसिद्ध सेफहरूले उच्च उचाइमा विशेष खाना तयार गर्नेछन्। सहभागीहरूले हिमालयको मनोरम दृश्य, शेर्पा संस्कृतिको अनुभव र अद्वितीय पाककला चुनौती को मज्जा लिन सक्नेछन्।

कार्यक्रम तालिका १९ अप्रिल २०२५: काठमाडौंमा नेपाली खाना स्वाद महोत्सव, जसमा ३५+ देशका सेफहरू सहभागी हुनेछन्। २० अप्रिल २०२५: नेपाल पर्यटन बोर्ड हलमा स्वागत तथा सम्मान समारोह। २१ अप्रिल २०२५: एभरेस्ट बेस क्याम्प ट्रेकको औपचारिक सुरुवात। सुरक्षालाई प्राथमिकता कार्यक्रम अवधिभर अनुभवी गाइड, पोर्टर, तथा चिकित्सा टोली सहभागीहरूसँगै रहनेछन्। फुड गुरु सुरेश चन्द्र बस्नेत का अनुसार सम्पूर्ण व्यवस्थापन उच्च सुरक्षा मापदण्डमा आधारित हुनेछ। यो महोत्सवले नेपालको खाना पर्यटनलाई विश्वभर प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ, जसले स्थानीय समुदायलाई आर्थिक रूपमा सशक्त बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया