अमेरिकाको ओहायो राज्यको न्यू अल्बानीमा रहेको गोदाममा गोलाबारी हुदा १ को मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। प्रहरीले सॅदिग्धलाई पक्राउ गरेको सिविएसन्यूजले जनाएको छ ।
यो दुःखद घटना ओहायोको न्यू अल्बानीमा रहेको केडिसी वान गोदाममा भएको हो।
प्रहरीका अनुसार संदिग्ध ब्रुस रेगिनाल्ड फोस्टर तृतियलाई पक्राउ गरिएको छ। घटनामा एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्।
प्रहरी प्रमुख ग्रेग जोन्सका अनुसार अहिले सम्म हमलाको कुनै स्पष्ट कारण पत्ता लागि नसकिएको बताए।
प्रहरीको प्रारम्भिक अनुमान अनुसार यो आक्रमण लक्षित हुनसक्छ, तर वरपरका मानिसहरूलाई तत्काल कुनै खतरा नभएको प्रहरीले बताएको छ ।
गोलीकाण्ड राति १०:३० बजे भएको थियो । प्रहरी घटनास्थलमा पुग्दा हमलाकारी त्यहाँ थिएनन्।
प्रतिक्रिया