इपिएका कर्मचारीहरूलाई रोजगारी समाप्त हुन सक्ने चेतावनी सहित विधुतिय पत्र(इमेल )प्राप्त

इनेप्लिज २०८१ माघ १८ गते १७:५७ मा प्रकाशित
Screenshot

पर्यावरण संरक्षण एजेन्सी (इपिए) का १,१०० भन्दा बढी कर्मचारीहरूले यस हप्ता इमेल प्राप्त गरेको सिएनएनले जनाएको छ। जसमा उनीहरूलाई परिक्षणकालीन (probationary) स्थितिमा राखिएको जनाइएको छ ।

साथै उनीहरू तुरुन्तै बर्खास्त हुन सक्ने चेतावनी दिइएको सिएनएनले आफ्नो समाचारमा उल्लेख गरेको छ।

यी परिक्षणकालीन कर्मचारीहरू इपिएमा एक वर्षभन्दा कम समयदेखि कार्यरत छन्। इपिए सॅघ अधिकारीका अनुसार विधुतिय पत्र(इमेल)हपि बुधबार अपराह्न पठाउन सुरु गरिएको बताए।

हालको सरकारी तथ्यांकअनुसार अमेरिकी संघीय सरकारमा २,२०,००० भन्दा बढी कर्मचारी परिक्षणकालमा छन्।

इपिएद्वारा पठाइएको विधुतिय डाक(इमेल)मा भनिएको छ, “तपाईहरु परिक्षणकालीन/परीक्षण अवधिका कर्मचारी भएकाले, एजेन्सीले संघीय नियम ५ सिएफआर(CFR )§ 

३१५.८०४ अनुसार तपाईहरुलाई तुरुन्तै बर्खास्त गर्न सक्ने अधिकार राख्छ।”

विधुतिय डाकमा थप भनिएको छ, “परिक्षणकालीन कर्मचारी हटाउने प्रक्रिया अनुसार, तपाईलाई बर्खास्तगीको सूचना दिइन्छ, र तपाईको रोजगारी तत्काल अन्त्य हुन्छ। प्रत्येक कर्मचारीको स्थिति व्यक्तिगत रूपमा मूल्यांकन गरिनेछ।”

प्रतिक्रिया