कोलम्बियाका राष्ट्रपति र अमेरिकी राष्ट्रपति ट्रम्प बीच सामाजिक संजालमा शब्द प्रहार आदान -प्रदान पश्च्यात दुवै देश सहयोगको लागि सहमत

इनेप्लिज २०८१ माघ १४ गते १२:२६ मा प्रकाशित

कोलम्बियाले अमेरिकाबाट देश निकाला गरेका आप्रवासीलाई सैनिक बिमान अवतरण गर्न नदिए पछि अमेरिका र कोलम्बिया बीच भएको छोटो सामाजिक संजाल झगडा अन्तत्वगत्वा मिलेको छ ।

गत आइतबार साँझ व्हाइट हाउसले दुवै देश बीच सम्झौतामा पुगेको जनाएको छ । व्हाइट हाउसका अनुसार कोलम्बियाले “राष्ट्रपति ट्रम्पका सबै सर्तहरू” मा सहमति जनाएको र अवैध रूपमा अमेरिका प्रवेश गर्ने आप्रवासीहरूलाई कोलम्बियाली राष्ट्रपतिको विमानबाट स्वदेश फिर्तामा सहयोग गर्न तयार रहेको बताएको छ।

ह्वाइट हाउसले कोलम्बियाले “यस सम्झौताको सम्मान गर्न असफल नभएसम्म” शुल्क लगाउने आफ्नो धम्कीबाट पनि पछि हटेको छ । कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच सामाजिक संजालमा वाकयुद्ध चलेको थियो ।

ट्रम्पले कोलम्बिया विरुद्ध ‘आपतकालीन २५% कर’ जारी गरेका थिए । ट्रम्पले आइतबार कोलम्बियामा प्रतिशोधात्मक करको घोषणा गरे । कोलम्बियाका राष्ट्रपतिले अमेरिकी सैन्य निर्वासन उडानहरूलाई अवतरण गर्नबाट रोक लगाए पछि झगडा सुरु भएको थियो ।

ट्रम्पको घोषणाको केही घण्टा पछि कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले पनि उनले वाणिज्य मन्त्रालयलाई अमेरिकी आयातमा २५% कर बढाउन आदेश दिएका थिए ।

पेट्रोले संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न हाम्रो मानव श्रमको फलमा ५०% कर लगाउनुहुन्छ भने म पनि त्यस्तै गर्छु लेखेका थिए

पेट्रोले आप्रवासीहरू बोकेका दुई अमेरिकी सैन्य उडानहरू रोके र पेट्रोले नागरिक विमानहरूमा यात्रा गर्ने स्वदेश फिर्ता गरिएका आप्रवासीहरूलाई स्वागत गर्ने र ढोका खुला गर्ने बताएका छन् ।

ट्रम्पले कोलम्बियाली नागरिकहरूको लागि “यात्रा प्रतिबन्ध”, र अमेरिकामा कोलम्बियाली अधिकारीहरूका लागि “सबै सहयोगी र समर्थकहरू” सहित प्रवेशाज्ञा (भिसा)रद्द गर्ने घोषणा गरेका थिए ।

हामी कोलम्बियाली सरकारलाई उनीहरूले जबरजस्ती संयुक्त राज्य अमेरिकामा लगेका अपराधीहरूको स्वीकृति र फिर्ताको सम्बन्धमा आफ्नो कानुनी दायित्वहरू उल्लङ्घन गर्न अनुमति दिनेछैनौं” ट्रम्पले ट्रुथ सोशलमा लेखेका थिए ।

पेट्रोले ट्रम्पको घोषणालाई अस्वीकार गर्दै सामाजिक सञ्जालमा मलाई अमेरिकाको यात्रा साँच्चै मन पर्दैन, अमेरिका अलि पट्याइ लाग्दो लेखेका थिए ।

प्रतिक्रिया