बेलायतमा नेपाली चलचित्र प्रबर्द्धन सम्बन्धि विशेषको अन्तरक्रिया कार्यक्रम

मदन बस्नेत २०८१ माघ १३ गते ०:४५ मा प्रकाशित

बेलायत। साउथईष्ट लन्डनस्थित गोर्खा क्यापरिकनमा शनिबार अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास युकेद्वारा नेपाली चलचित्र प्रबर्द्धन सम्बन्धी नेपाली चलचित्रका ख्यातिप्राप्त निर्माता-निर्देशक आकाश अधिकारीसंग विशेषको अन्तरक्रिया कार्यक्रम भब्यताकासाथ सम्पन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बनेर रोयल बरो ग्रीनवीचका मेयर जित रानाभाटले उपस्थित जनाउनु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी रोयल बरो ग्रीनवीचका मेयर जित रानाभाटले नेपाली चलचित्र बिदेशमा प्रवर्द्धन गर्नु हाम्रो संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रभावकारी माध्यम भएको र यसप्रकारका कार्यक्रमहरूले हाम्रो कला, संस्कृतिलाई विश्वसामु उजागर गर्न मद्दत पुर्‍याउने हुनाले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुले नीरन्तरता पाउनु ओअर्नेमा बिशेष जोड दिनु भएको थियो।

इनास युके चलचित्र प्रबर्द्धन समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा वक्ताहरुले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन बिदेशमा बस्ने आम नेपाली तथा विभिन्न संघसंस्थाहरुले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन ।

कार्यक्रमको संचालन अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका ग्लोबल उपाध्यक्ष मनीष श्रेष्ठले गरेका थिए भने कार्यक्रमको समापन इनास युकेका प्रबक्ता विज्ञान कार्कीले धन्यवाद ज्ञापन गर्दै गरेका थिए।

कार्यक्रममा संस्थाका ग्लोवल प्रतिनिधि सुशिल प्रजापति , ईनास ग्लोवल उपाध्यक्ष मनिष श्रेष्ठ , सदस्य गेहेन्द्र शाक्य, पूर्ब अध्यक्ष विनोद चिपालु , पुर्व इनास ग्लोबल प्रतिनिधि गुणदेव घिमिरे,निर्मात्री अनु श्रेष्ठ लगायत ईनाश यूकेका सदस्य,पत्रकार तथा सुभ चिन्तक हरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया