प्रभुजी! मलाई मृत्युबाट डर लाग्दैन : नगर प्रमुख यादव

इनेप्लिज २०८१ माघ १२ गते ११:१२ मा प्रकाशित

प्रेमचन्द्र झा,रौतहट। बौधीमाई नगरपालिकाको नगरप्रमुख प्रदीप यादवले प्रभु साहको नीतिगत रुपमा भ्रष्टाचार एवं अपराधिक कार्यमा चुर्लम्म डुबेका सिंगो रौतहट क्षेत्र नम्वर ३ अहिले आक्रान्त बनेको गम्भीर आरोप लगाएका छन ।

बौधीमाई नगर कार्यपालिकाको कार्यालयमा बुधवार आयोजित पत्रकार सम्मेलन मार्फत आजपा अध्यक्ष एवं त्यस क्षेत्रका सांसद समेत रहनुभएका प्रभु साह माथि गम्भीर आरोप लगाउदै नगरप्रमुख यादवले भने मलाई मृत्युबाट डर लाग्दैनन । सांसद साहले भ्रष्टाचार एवं अपराधिक साम्राज्य खडा गर्दै गएका हुन् ।

पत्रकार सम्मेलनको औचित्यता एवं किन गर्नुपर्यो भने प्रकाश पार्दै नगरप्रमुख यादवले विकास निर्माणको कार्य गर्ने क्रममा सार्वजनिक बाटो अतिक्रम गरेर बनाइएका भौतिक संरचनालाई हटाउन पटक पटक सूचना जारी गर्दै माइकिंग लगायतको प्रक्रियाहरु अपनाउदा समेत वडा नम्वर ८ मा नाला निर्माण गर्न ठेक्का बन्दोबस्त गरेपनि निर्माण कार्यमा अवरोध पुर्याउदा समेत नमान्दा स्थानीय सरकार संचालन ऐन २०७४ को ४५–३ मा दिएको ऐन अधिकार प्रयोग गरेर अघि बढ्दा राष्ट्रसेवक कर्मचारी एवं जनप्रतिनिधि माथि साँघातिक आक्रमण गराइयो ।

बौधीमाइ नगरपालिकाद्धारा दिएको अपराधिक उपद्रव मुद्दामा पक्राउ परेका प्रतिबादी मध्येका गंगाराम बैठालाई प्रहरीले पक्राउ गरेर पुर्पक्षका लागि थुनछेकको आदेश अदालतले दिए । अदालतबाट म बाहिरिने क्रममा बौधीमाई नपा ८ निवासी, मेयर प्रत्यासी एवं आम जनता पार्टीका महासचिव अमर भन्ने त्रिभुवन साहले मलाई गोली मार्ने धम्की दिनुको साथै सोही पार्टीका केन्द्रीय अध्यक्ष तथा साँसद प्रभु साहले उक्त आदेश आएपछि अदालत माथि गरेको टिप्पणीको प्रति बौधी माई नपाको गम्भीर ध्यानाकर्षण भएको छ ।

आजपा अध्यक्ष एवं यस क्षेत्रका साँसद हाम्रा अभिभावकले दिएको अभिव्यक्ति बारे स्थानीय सरकार प्रमुखको हैसियतले उनको अभिव्यक्ति प्रति असहमती जाहेर गर्दै मित्र त्रिभुवन साहले गर्दै आएको आर्थिक एवं अपराधिक साम्राज्यको पर्दाफास गर्न आजको पत्रकार सम्मेलन गर्नु परेको उनले स्पष्ट पारे ।

प्रभु साहको राइट हैण्ड, पिए लगायतका विभिन्न कालखण्डमा साथ र सहयोग गर्दै आएपछि बंकुल बजार जसकी तस नै छन्, यहाँ कुनै विकास छैनन्, त्रिभुवनजीको घर सम्म जाने समुचित रुपमा बाटो छैनन् तर बाहिर गएर ठूला ठूला गफ दिने गर्दा आजपा जस्ता पार्टीको अध्यक्ष भएर दिनरात नीतिगत भ्रष्टाचारमा चुर्लम्म डुब्नु अदालतका न्यायामुर्ती माथि अनावश्यक टिप्पणी गर्नु सुहाउदो नभएको बताए ।

पटक पटक मन्त्री बन्दै कानुन मन्त्री समेत बने, कानुनको विद्यार्थी समेत रहिसक्नु भएका साँसद साहलाई न्यायाधिशको वारेमा टिप्पणी गर्नु, समाजिक संजालमा नेताहरुको झोले न्यायाधिश भन्ने अधिकार उनलाई कसले दिए । सार्वजनिक पदमा बसेका व्यक्तिलाई न्यायपालिका माथि त्यसरी लेख्नु र टिप्पणी गरेकोमा उहाँ माथि कडा भन्दा कडा कारवाहीको माग गरे ।

पत्रकार सम्मेलनमा पटक पटक नगरप्रमुख आजपा अध्यक्ष साह माथि मर्यादित रुपमा नग्याउदै भने विद्यालयमा गएर शिक्षक सुनिल यादवको हत्या गराउनु, वीरगञ्जमा काशीनाथ तिवारीको हत्या, अहेव सुरेश यादव र कुस्ति खेलाडी उपेन्द्र दास बैरागीको हत्या गराउनु र अपराधलाई पृष्ठपोषक बन्दा पनि उनलाई कारवाही गर्ने कोही छैनन् ? उनले गम्भीर प्रश्न गर्दै २०५९ भदौं २३ गते साविक पथराबुधरा गाविसका समाजसेवी गोवर्धन राय यादव र बुधनराय यादवलाई गोली हानेर हत्या गरेको अभियोगमा गंगाराम बैठा विरुद्ध २० बर्षको कैद सजाय तोकिदा सोही समय देखि फरार रहेका थिए ।

विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेका गंगाराम बैठालाई रौतहट जिल्ला अदालतले थुनछेकको लागि पुर्पक्ष गर्छ त्यसपछि साँसद जस्तो व्यक्तिले स्वतन्त्र न्यायाधिशलाई झोले न्यायाधिश भन्नु सरासर गलत रहेको छ । अपराधीलाई संरक्षण गरेर अपराध बढाउनु एक मात्र उनको कार्यशैली विगतका दिन देखि चल्दै आएको हुँदा त्यस्ता व्यक्तिलाई राज्यबाट कडा कारवाही गर्नुपर्ने नगरप्रमुख यादवले जिकिर गरे ।

स्थानीय सरकारले आफनो कत्र्तव्य पालना गर्न खोज्दा साँघातिक हमला हुन्छ, त्यसको लागि पहल नगर्ने त्रिभुवन साहले आफनो आइडीबाट उडण्ड मेयर, दबंग मेयर, विना जनताको जानकारीको घर भत्काउन लाग्दा जनताहरु लखेटेको भन्दै पोष्ट गर्नु आफैमा निन्दनिय भएको ठहर गर्दै नगरप्रमुख यादवले मेरो चालक, कम्प्युटर घाँइते भयो मेरो टाउकोमा समेत चोट लागेको दाग निधारमा छदैछ । “माननिय प्रभुजी र मित्र त्रिभुवनजी म नेपाली आमाको छोरा हुँ पछि हटेर होइन जायजका लागि डटेर लड्छु, मेरो शरिरमा अन्तिम सास रहे सम्म विकास निर्माण गर्नबाट पछि हटदैनौं” उनले भने ।

देश कानुन र विधिले चल्छ, कानुन हातमा लिनु हुँदैन, आफना कर्मचारीलाई भन्दै हामी ब्याक भयो । “म तपाई जस्तो छैइनौं कहि झगडा भयो भने कानुनमा नजाने षड्यन्त्र गरेर गोली हान्न लगाउने जस्ता अपराधिक प्रवृत्ति तपाईको हो, मेरो होइन मेयर यादवले भने” “प्रभुजी काशीनाथ तिवारीको हत्यामा तपाईको संलग्नता छ कि छै्रन, सत्ताको बलमा गलत कर्तुतको बलमा तपाई अहिले सम्म उम्किनु भएको छ, तर सत्यको विजय एक दिन हुन्छ, ढिलो चाँडो काशी नाथ तिवारीको हत्याको सराप तपाईलाई लाग्छ, विधवा आईमाई र टुहुरा बालकको आँशु तपाईलाई लाग्छ, सत्ता कहिले सम्म उम्किनु हुन्छ,” “त्यही अवस्था म माथि गर्न खोज्नु भएको नसोच्नुस मेरो अन्तिम सास रहेसम्म विकास गरेर देखाउँछु, मृत्यु सत्य हो कहिले हुन्छ कसैलाई थाहा छैन् तपाई अपराधको राजनीति गर्ने अपराधमा विश्वास राख्नु व्यक्ति हो तर म जनतामा विश्वास राख्ने व्यक्ति हुँदा त्यसैले मलाई मृत्युबाट डर लाग्दैनन प्रभुजी मेयर यादवले पत्रकार सम्मेलनमा आफनो पीडा यसरी पोखे” ।

राज्यको बजेटको सहि सदुपयोग गरेर अघि बढ्ने प्रतिबद्ध रहदा “प्रभु साहको रिमोटमा त्रिभुवन साहको अगुवाईमा अपराधीक गतिविधि चलिरहेको” गम्भीर आरोप लगाउदै मेयर यादवले करोडौंको निर्माण कार्य जसको बोलपत्र बन्दोबस्त भइसकेकालाई गर्नमा अवरोध खडा गरिरहेका छन् । ९९.९९ प्रतिशत जनताहरु खुशी छन् तर मुठिभरी व्यक्तिको इशारामा सोझासाझा जनताहरुलाई वर्गलाए अकारण राजनीतिको नाममा अपराध एवं विकास विरोधी कार्य गर्नमा लागि परेका छन् । जनताहरु भनिरहेका छन् मेयर साहेव तपाई छाडिदिनु हामीहरु गएर खाली गराएर देखाइदिन्छौ उनीहरुको दवंगई एवं गुण्डागर्दी हुन दिदैनन् ।

रौतहट जिल्लालाई प्रभुजीले अस्तव्यस्त बनाए, तपाई खुलेआम कानुनको उलंघन गर्दै धज्जी उडाइरहनु भएको छ । त्यसको प्रमाण तपाईकै घरपरिवारका व्यक्ति निर्वाचत भएका मेयर हुँदा मौलापुरको कार्यपालिकाको बैठकमा बस्ने अधिकार तपाईलाई कसले दियो । तपाई व्यवस्थापिकाबाट कानुन पास गराउनुस कि नेपाली नागरिकले कुनै किसिमको कर नतिर्ने । त्यहाँ केही नगर्ने यहाँ पानी विजुली फ्रि भनिरहदा लाज लाग्दैनन् । मौलापुर नगरपालिकामा दुई वटा सेतो प्लेट भएको जिप हुँदा हुँदै पनि दुई वटा भारतीय नम्वरको चार पाँग्रे राखेर नेपाली नम्वरको गाडी भनेर महिनाको लाखौं रुपैया भाडा वापत लिदै आएको रकम जनताको कर होइन र ? माननिय प्रभुजी मेयर यादवले प्रश्न गर्दै एउटा गाडी उनको आफन्तको नाममा अर्को हाकीमको आफन्तको नाममा राखेर एउटा गाडीको भाडा ९० हजार लिनु हुन्छ अनी भन्नु हुन्छ मौलापुर नपाले कुनैपनि कर लिदैनन् त्यो पैसा कसको हो प्रभुजी अलीकति स्पष्ट पारिदिनुस म चुनौती दिन चाहन्छु ।

प्रदीपमणी दिक्षितको नाउमा दर्ता कायम रहेका ३ विगहा १७ कत्ठा जग्गा अपराधिक गतिविधिको दम्भमा कब्जा गरे आफनो स्वर्गीय आमा लक्ष्मिनिया देवीको नाममा प्रावी, आधारभुत हुँदै अहिले मावी सम्म कसरी बनाए प्रभुजी, नागरिकको सम्पत्ती कब्जा गर्ने छुट कानुनले दिएको छ ? प्रदीपमणी मुद्दा दिएर जितिसकेपनि अपराधिक गतिविधका कारण जग्गा सम्म पुग्न आँट भएन उनले गम्भीर आरोप लगाए ।

अरुको जग्गामा आफनो आमाको नाममा विद्यालय खोल्न अधिकार कसले दियो त ? अलिकति शिक्षा ऐन पढ्नुस, तपाई कानुनको विद्यार्थी समेत रहनु भएको छ तर त्यस अनुसारको पालना गर्नुभएन । जग्गा नै विद्यालयको नाममा छैनन् बलजफती कब्जा गरेर कुन विधि प्रक्रिया अपनाएर लक्ष्मिनिया मावि बनाइयो राज्यका करोडौं रकम कसरी लगानी गरियो यो राज्यले खोजबिन गर्नुपर्ने उनले माग गरे ।

श्रीमती मेयर रहेका पालिका मौलापुरको २०८०÷०८१ बाहेक ६० करोड ३५ लाख ४५ हजार बेरुजु कसरी भयो प्रभुजी, म नेपाल सरकार संग माग गर्न चाहन्छु यस्तो बेरुजु भएका नगरपालिकाहरुलाई राज्यबाट आवश्यक कारवाही गर्न माग गरे ।

मन्त्री जस्तो व्यक्ति भईसकेको प्रभु साहले पैसाको चरम दुरुपयोग गरेको गम्भीर आरोप लगाउदै नगरपालिका एवं राज्यको विभिन्न लगानीबाट निर्माण भएका सरकारी सम्पत्तीको आमदानी नगरपालिकालाई हुनुपर्छ कि पर्दैनन् तर पार्क होटेलका संचालक उनका साढु भाई, पिकनिक पार्कको संचालक उनको सालो भारतीय नागरिक रहेको छ, स्थानीय बेरोजगार छन् तर न्याय उनको पक्षमा नदिदा झोले न्यायाधिश वेइमान न्यायाधिश भन्न पछि नहट्ने प्रभुजीलाई के भन्ने मेयर यादवले यसरी आक्रोश पोखे ।

तराई मधेश जनयुद्ध स्मृति प्रतिष्ठान, तराई मधेश संस्कृतिक संघ्रालय यी दुबै प्रभुजीको हर्ताकर्ता त्रिभुवन साह रहेको छ । सहिद स्मृति बहुउद्देशिय भवन मौलापुरमा राज्यको ठूलो रकमको दुरुपयोग भइरहेको छ । राज्यको लगानी औचित्यको आधारमा हुनुपर्छ तर उक्त बजेटको चरम दुरुपयोग भएको आरोप लगाए । यस्ता अनगिन्ती योजनाहरुमा लुटखसोट मचाएपनि राज्यबाट छानविन गरेर विकासको नाममा जनताको आँखामा छारो हान्नेलाई कारवाहीको डायरामा ल्याई बेइमान एवं अपराधमुक्त क्षेत्र बनाउनमा नेपाल सरकार संग जोडदार रुपमा माग गरे ।

On Wed, Jan 15, 2025, 00:38 whiteline media [email protected] wrote:
नेकका सात विद्यार्थीलाई बुद्धिसागर सावित्रीदेवी पराजुली छात्रवृत्ती

काठमाडौं । भक्तपुरको चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेज (नेक)ले विद्यार्थीहरुलाई बुद्धिसागर सावित्रीदेवी पराजुली छात्रवृत्ती वितरण गरेको छ । सोमबार नेक सिपिएसमा एक कार्यक्रमको आयोजना गरि स्नातकोत्तर तहको ट्रान्सपोट्रेशन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका सात जना विद्यार्थीहरुलाई उक्त छात्रवृत्ती वितरण गरिएको हो ।

छात्रवृत्ती पाउनेहरुमा सन् २०१६, ०१७, ०१८ र ०१९ का लागि मनिष श्रेष्ठ, दीप शाही, सन्तराम पाण्डे र नुजा बज्राचार्य रहेका छन् । सन् २०२० मा अमितकुमार शर्मा, २०२२ का लागि मनिषा भट्टराई तथा २०२३ का लागि साधना तिवारी छनौट भएका थिए । सन् २०२१ को छात्रवृत्तिमा विद्यार्थीहरुको मुल्यांकन नभई सकेकोले पछि वितरण गरिने छ ।

छात्रवृत्ती पाउने विद्यार्थीहरुलाई कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले जनही ४०/४० हजारको चेक प्रदान गर्नुभयो । विद्यार्थीले प्राप्त गरेको अङ्कमा आधारमा मुल्यांकन गरी छात्रवृत्ती वितरण गरिएको छाज्ञवृत्ती छनौट समितिका संयोजक समेत रहनुभएका सहायक प्राचार्य मोहनध्यज केसीले जानकारी दिनुभयो ।

कलेजले सहायक प्राचार्य केसीको संयोजकत्वमा ट्रान्सपोट्रेशन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कार्यक्रम संयोजक उपप्राध्यापक राजेश खड्का तथा कलेजकी प्रमुख प्रशासक श्रीमा शर्मा सदस्य रहेको छात्रवृत्ति सिफारिस समिति गठन गरिएको थियो ।

हाल अष्ट्रेलियामा रहनु भएका पुल्चोक क्याम्पसका सहप्राध्यापक डा. प्रतापमणी पराजुलीले सन् २०११ मा आफुले प्राप्त गरेको उपदानबाट बुबाआमाको नाममा सात लाख रुपैंयाको अक्षय कोष स्थापना गर्नुभएको थियो । उक्त कूल पुँजीलाई अबदेखि १० लाख बनाएर त्यसबाट प्राप्त बैंक ब्याजबाट छात्रवृत्ती दिइने छ ।

कार्यक्रममा बोल्दै कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले बुद्धिसागर सावित्रीदेवी पराजुली छात्रवृत्तीले ट्रान्सपोट्रेशन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरुलाई प्रोत्साहन मिलेको बताउनु भयो । नेपाल इन्जिनियरिङ कलेज मुनाफारहित सामाजिक शैक्षिक संस्था भएकोले विद्यार्थीहरुलाई प्रोत्साहन गराउने विभिन्न कार्यक्रम र छात्रवृत्ती स्थापना गर्न पहल गर्ने जनाउनु भयो । उहाँले कलेजका पूर्वविद्यार्थीहरुसँगै सामाजिक, शैक्षिक व्यक्तित्वहरुले यस्ता छात्रवृत्तिहरु स्थापना गर्दा स्वदेशमै पढ्न चाहने विद्यार्थीहरुलाई प्रोत्साहन मिल्ने पनि जिकीर गर्नुभयो ।

कार्यक्रममा कलेजका सहायक प्राचार्य मोहनध्वज केसीले ट्रान्सपोट्रेशन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तीले प्रोत्साहन गरेको बताउँदै विगतमा कोभिड–१९ का कारण अनियमित भएको छात्रवृत्ती अब नियमित प्रदान गरिने बताउनु भयो । कार्यक्रममा कलेजकी प्रशासन प्रमुख श्रीमा शर्मा, छात्रवृत्ती प्राप्त गर्ने विद्यार्थी अमितकुमार शर्मा, नेक सिपिएसका कार्यवाहक निर्देशक राेवर्ट डंगाेल लगायतले बोल्नु भएको थियो ।

नेक नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा गठित सञ्चालक समितिद्वारा सञ्चालित इन्जिनियरिङ कलेज हो । यहाँ स्नातक तथा स्नातकोत्तर तहमा इन्जिनियरिङ विधाका विभिन्न विषयहरुमा अध्ययन अध्यापन हुने गरेको छ ।

प्रतिक्रिया