अमेरिकाको टेनेसी राज्यको एक बिद्यालयमा गोली चल्दा एक विद्यार्थीको मृत्यु, बन्दुकधारीले आफैंलाई गोली चलाए

इनेप्लिज २०८१ माघ ९ गते २३:४४ मा प्रकाशित

अमेरिकाको टेनेसी राज्यको एक बिद्यालयमा गोली चल्दा एक विद्यार्थीको मृत्यु भएको छ भने बन्दुकधारीले आफैंलाई गोली चलाई उनको ज्यान गएको छ ।

टेनेसी राज्यको न्यासभिलको एन्टिओक माध्यमिक बिद्यालयमा किशोर बन्दुकधारीले एक विद्यार्थीको हत्या गरे र त्यसपछि आफैंलाई गोली हान्दा उनको ज्यान गएको प्रहरीले बताए ।

आज जनवरी २२ बुधबारका दिन उक्त घटना भएको हो भने एक जना अर्का बिद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ। १७ वर्षीय बन्दुकधारीले त्यसपछि आफूलाई गोली हानेर मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी प्रवक्ता डन आरोनले एक पत्रकार सम्मेलनमा विद्यालयमा कुनै खतरा नभएको जनाए । दुवै पीडित किशोरीहरु दुवैलाई अस्पताल लगिएको थियो, जहाँ एक बिधार्थीको मृत्यु भएको छ । अर्का एक जनाको उपचार भइरहेको आरोनले भने। अर्को पुरुष विद्यार्थीको अनुहारमा लागेको चोट लागेकोले उपचार भइरहेको प्रहरीले बताएको छ ।

एरोनले गोली हान्ने १७ वर्षीय पुरुष विद्यार्थी भएको तर उनको पहिचान भने नभएको बताए । महानगर प्रहरी नासभिल विभागले सीबीएस न्यूजलाई गोलाबारी बिधालयको भोजनालय भएको बताए । स्थानीय समय अनुसार बिहान ११ः११ बजे विद्यालयमा प्रहरी बोलाइएको थियो ।

प्रतिक्रिया